१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाको जोर्जिया राज्यमा पुनः मतगणना गरिने

अ+ अ-

काठमाडौं । हालै अमेरिकामा राष्ट्रपतीय पदका लागि भएको निर्वाचनमा जोर्जिया राज्यमा पुनः मतगणना हुने भएको छ । हाल निर्वाचित जो बाइडन र राष्ट्रपति डोनल्ड ट्रम्पबीच १४००० मत अन्तरले फरक देखिए पछि पुनः हातैले मतगणना हुने भएको हो ।

निकै कडा प्रतिस्पर्धा देखिएका कारण उक्त राज्यले गत हप्ता नै पुनः मतगणना गरिने जानकारी गराएको थियो। हातले नै मत गन्न अनुरोध गरेको ट्रम्पको चुनावी अभियान सञ्चालन गरेको टोलीले यसलाई महत्त्वपूर्ण ‘पहिलो कदम’ भनेको छ।

रिपब्लिकन पार्टीका तर्फबाट जोर्जियामा चुनावी अभियानको नेतृत्व गरिरहेका डग कोलिन्सले सञ्चारकर्मीहरूलाई यो ‘निष्ठा’ र ‘पारदर्शिता’को जित भएको बताएका छन्।

अभियानका कानुनी परामर्शदाता स्टेफन पासान्टीओले प्रत्येक भोटको जाँच गरिने बताएका छन्। उनले आफूले त्यो ‘गहन’ मतगणना (राज्यले तोकेको अन्तिम मिति) नोभेम्बर २० तारिखसम्ममा सकिने आशा गरेको बताए।

जोर्जियाका निर्वाचन अधिकृत ग्याब्रीएल स्टेरलीङ्गले ‘दोहोर्‍याएर मतदान गरेका’ वा ‘मतदानका लागि दर्ता नभएका’ पत्ता लाग्ने बताएका छन्। पुनः मतगणना गर्ने विषयमा प्रत्येक राज्यको आफ्नै नियम हुन्छ। तर सामान्यरूपमा भने भोटलाई पुनः मिलान र स्क्यान गरिन्छ।

केही स्थानमा विद्युतीय उपकरणको वैधता सुनिश्चित गर्नका लागि निश्चित सङ्ख्यामा भोटहरू सधैँ हातबाटै गन्ने गरिन्छ। तर दोहोर्‍याएर गरिएका मत गणनाले खासै परिवर्तन भने ल्याएको पाइँदैन। महत्त्वपूर्ण विषय के पनि छ भने बाइडनले जोर्जिया राज्यमा हार बेहोरे पनि उनीसँग २७० भन्दा बढी इलेक्टोरल मत हुनेछ।

जोर्जियाले निर्वाचनको नतिजा प्रमाणीकरण गर्ने म्याद अनुसार नोभेम्बर २० तारिख भित्रै आफ्नो कार्य सक्काउनुपर्ने हुन्छ।

यसअघि ट्रम्पको टोलीले विस्कन्सिन राज्यमा पनि पुनः मतगणनाको माग गर्ने बताएको थियो।

कोलम्बिया युनिभर्सिटी ल स्कुलका प्राध्यापक रिचर्ड ब्रीफ्ल्टले सन् २०१६ मा पनि विस्कन्सिनमा दोहोर्‍याएर मत गणना गरिएको र त्यसले केही सय भोटमा फरक पारेको बताए। राष्ट्रपति ट्रम्पले निर्वाचनमा हार मानेका छैनन् र कानुनी लडाइँ लड्ने बताइरहेका छन्।

मङ्गलवार एउटा कार्यक्रमका क्रममा अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडनले डोनल्ड ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नमान्नुले ‘राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने’ बताएका थिए। बीबीसी

प्रतिक्रिया दिनुहोस