१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मेलम्चीको पानी काठमाडौँ झार्ने सपना कार्यान्वयन नजिक’

अ+ अ-

काठमाडौं । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउने चार दशक लामो सपना कार्यान्वयनको नजिक आइपुगेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, सो क्षेत्रका सांसद शेरबहादुर तामाङ, विकास पूर्वाधार विज्ञ इ.गजेन्द्र थपलिया, जिल्ला समन्वय समितिका प्रमुख विष्णुगोपाल तामाङ, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे, आयोजना प्रमुख तिरेश खत्रीसहितको टोलीले बुधबार यस आयोजनाको कार्य प्रगतिको स्थितिको स्थलगत र समग्र निरीक्षण गरेको थियो ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पूरा हुने अन्तिम चरणमा पुगेको पाइएको प्रेस सल्लाहकार थापाले जानकारी दिए । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजल ल्याएर काठमाडौँ उपत्यकावासीलाई स्वच्छ र स्वस्थ खानेपानी वितरणको सपना कुनै समस्या नभए विसं २०७७ भित्रै पूरा हुने उल्लेख छ ।

उपत्यकामा छिट्टै उपभोक्ताले आआफ्नो घर र धारामा उपलब्धमा मेलम्चीको पानी उपलब्ध हुने देखिएको प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

सत्ताईस किमी लामो सुरूङबाट छिट्टै दैनिक १७ करोड लिटर पानी ल्याउने तयारी रहेको छ । सुरूङभित्रका गेटहरूको पुनःडिजाइन अनुरूप बलियो पुनःनिर्माणको काम धमाधम भइरहेको आउँदो मङ्सिरभित्रै सुरूङमा पानी पठाउने र परीक्षण गर्ने गरी तयारी अन्तिम रूपमा भइरहेको छ । याङ्ग्री र लार्केबाट थप ३४ करोड लिटर पानी ल्याउने हिसाबले ‘हेड बक्स’ को निर्माण तीव्र रूपमा चलिरहेको छ ।

सुरूङ जम्मा ५१ करोड लिटर पानी ल्याउन सकिने गरी तयार भइसकेको छ । जम्मा रु २९ अर्ब बजेट लागतमा निर्माण भइरहेको यस आयोजनाले उपत्यकामा पानीको सङ्कट र प्यास मेटाउन महत्वपूर्ण योगदान गर्ने विश्वास सर्वत्र गरिएको छ ।

मेलम्ची खानेपानी आयोजना शुरु भएको लामो समयपछि यो आयोजना पूरा हुन गइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वका कारण नै यो सम्भव भएको थापाले उल्लेख गरे ।

आयोजनामा यस अघि काम गरेको इटालियन कम्पनीले श्रम र सामान आपूर्ति गर्नेलाई भुक्तानी गर्न बाँकी छ । यो समस्याको विवेकसम्मत सम्बोधन गरेर अघि बढ्दा मेलम्ची खानेपानी आयोजनाको सफल कार्यान्वयन अन्तिम चरणमा पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस