९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरियामा आयोजित नेपाली फुटसल प्रतियोगितामा के.सी. युनिभर्सिटीको जीत

अ+ अ-

दक्षिण कोरिया । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक) द्वारा कोरियामा अध्ययनरत विद्यार्थीहरू बिच आयोजना गरिएको फुटसल प्रतियोगितामा के.सी.युनिभर्सिटी टिमले उपाधि जितेको छ ।

कुल आठ टोली सहभागी भएको उक्त प्रतियोगितामा के.सी. युनिभर्सिटी र अजु युनिभर्सिटी टिम फाइनलमा प्रवेश गरेका थिए। अन्तिम चरणको खेलमा कडा प्रतिस्पर्धाका बिच अजौ युनिभर्सिटी टिमलाई पेनाल्टी सुट आउटमा एकका विरुद्ध दुई गोलले पराजित गर्दै के.सी. युनिभर्सिटी टिमले उपाधि हात परेको थियो।

उपाधिसँगै के.सी. युनिभर्सिटीले नगद दुई लाख कोरियन वोन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने अजौ युनिभर्सिटी टिमले नगद एक लाख कोरियन वोन, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।

प्लेयर अफ द टुर्नामेण्टको उपाधि निशान कार्की (के.सी.युनिभर्सिटी), म्यान अफ दि म्याचको उपाधि कारुन ज्ञवाली (अजौ युनिभर्सिटी) र उत्कृष्ट गोलकिपरको उपाधि भने रूपक नेपाली (अजौ युनिभर्सिटी) ले जितेका थिए, उपाधिसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।

अन्तर्राष्ट्रिय रेफ्री पीटरसनको मुख्य भूमिकामा सम्पन्न भएको यस प्रतियोगिताको उद्घाटन तथा पुरस्कार वितरण कार्यक्रमको संचालन संस्थाका सचिव टोनकिङ बास्तोलाले गरेका थिए ।

यही नोभेम्बर ८ तारिखमा देजनस्थित हान्बात् फुटसल गोजांग मैदानमा सफलतापूर्वक सम्पन्न भएको यस प्रतियोगितामा के.सी. युनिभर्सिटी टिम, अजौ युनिभर्सिटी टिम, यङ्गनम युनिभर्सिटी टिम, मोक्पो नेश्नल युनिभर्सिटी टिम, वङक्वाङ युनिभर्सिटी नेप्लिज क्लब, क्वाङ्गवुन युनिभर्सिटी क्लब , सङ्गक्योनक्वाङ्ग युनिभर्सिटी टिम र ज्योउनबक युनिभर्सिटी टिमहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम र द्वितीय हुन सफल टिमलाई सेन्टबे रेमिटेन्सको तर्फबाट पनि आकर्षक उपहार प्रदान गरिएको थियो । सेन्टबे रेमिटेन्सको प्रायोजन, दाएज्योन इन्टरनेश्नल सेन्टर र जिस्टले समर्थन एवम् सहयोग गरेको यस प्रतियोगितामा कुल आठ टोली सहभागी भएता पनि कोरियामा २५ भन्दा बढी विश्वविद्यालय अध्ययनरत कम्तीमा ९० जना नेपाली विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगिता संयोजक आश्विनी ढकालले बताइन् ।

डा. पूरण क्षेत्रीको प्राविधिक र व्यवस्थापकीय सहयोग तथा सोनसिकका खेलकुद संयोजक सन्तोष लामिछानेको संयोजकत्वमा संचालन गरिएको यस प्रतियोगिता कोभिड–१९को महामारीकाबीचमा अति संवेदनशील भई कोरिया सरकारको निर्देशन अनुरूप सम्पूर्ण स्वास्थ्यका मापदण्ड पूरा गरी सम्पन्न गरिएको पहिलो ठूलो एवम् भव्य कार्यक्रम रहेको छ ।

सोनसिकका सलाहकारहरू डा. विनायक भण्डारी, डा. इन्दिरा तिवारी, केशव थापा, प्रकाश देवकोटालगायत अन्य अग्रज व्यक्तित्वहरूको उपस्थितिका साथ भव्य रूपमा कार्यक्रम सम्पन्न भएको नेपाली विद्यार्थी समाज दक्षिण कोरियाका सभापति राजाराम श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस