७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय सरकारको साथ र सहयोग स्थानीय सरकारलाई सधैँ रहन्छ : पोखरेल

अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संघीय सरकारको साथ र सहयोग स्थानीय सरकारलाई सधैँ रहने बताएका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आज यहाँ आयोजना गरेको ‘गाउँपालिकाहरुका असल अभ्यासहरुको संँगालो’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले संघ, प्रदेश र स्थानीय तहको सहकार्यले मात्र देश विकास सम्भव रहनेमा जोड दिए ।

विश्वभरि फैलिएको कोरोना महामारीको बेला स्थानीय तहले गरेको कामको प्रशंसा गर्दै स्थानीय तहको सकारात्मक कामले संघ र प्रदेशको पनि प्रतिनिधित्व गर्ने धारणा उनले राखे ।

नेपाल सरकारका अन्य निकायलाई पनि यस्ता पुस्तक प्रकाशन गरी सबैलाई जानकारी दिन उनले सुझाव दिए । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकर्ण विष्टले निर्वाचित भएपछिको अब बाँकी दुई वर्षका अवधिमा पनि जनताकै हितमा काम गर्न जनप्रतिनिधिलाई शुभकामना दिए ।

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले स्थानीय तहले गरेका राम्रा कामले गर्दा वर्तमान समयमा जनताले नजीकबाट सरकार भएको अनुभूति गरेको धारणा राखे ।

महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले पुस्तकले स्थानीय तहको आवश्यकता र महत्वका बारेमा थप प्रष्ट पारेको बताए ।

पुस्तकलाई पाँच विषयगत क्षेत्रमा विभाजन गरिएको छ । ‘संस्थागत सुद्दढीकरण सेवा प्रवाह र अन्तरसरकार समन्वय’, ‘भौतिक विकास’, ‘सामाजिक विकास’, ‘आर्थिक विकास’ र ‘वन वातावरण तथा विपत् व्यवस्थापन’ का विषय पुस्तकमा समेटिएको छ ।

मुलुकभरका ६६ जिल्लाका गाउाँलिकाका विवरण पुस्तकमा समेटिएका छन् । तीन वर्षका अवधिमा प्रदेश नं १ बाट ३८, प्रदेश नं २ बाट १९, वाग्मती प्रदेशबाट ६२, गण्डकी प्रदेशबाट ३१, लुम्बिनी प्रदेशबाट ३९, कर्णाली प्रदेशबाट २८ र सुदूरपश्चिम प्रदेशबाट २६ स्थानीय तहका अभ्यास यसमा समाविष्ट छन् ।

प्रतिक्रिया दिनुहोस