६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय

अ+ अ-

काठमाडौं । सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि प्रतिबन्ध गरिएका पर्यटकीय क्षेत्र पुनःसञ्चालन गर्ने निर्णय गरेको हो ।

केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर खुला गरिने भएको हो । ती क्षेत्र सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद्को गत कात्तिक २४ गतेको बैठकले नै गरिसकेको छ ।

मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा सुरक्षित रहने गरी पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिए पनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्लालाई नै दिइएको उल्लेख छ ।

यसरी खुल्ने केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना भए नभएको भने मन्त्रालय मातहतका निकायले नै अनुगमन गर्ने विज्ञप्तिमा जनाइएको छ ।

सरकारले यही कात्तिक १ गतेदेखि पदयात्रा र पर्वतारोहण खुला गरेको थियो । त्यसयता स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिले शरद् ऋतुमा अमादब्लम, मनास्लुलगायत हिमाल आरोहण गरिसकेका छन् । अहिले पदयात्रामा स्वदेशी तथा विदेशी विभिन्न गन्तव्यमा पुगेका छन् । केही आरोही समूह पनि आरोहणमा छन् ।

पदयात्राका लागि यो उपयुक्त समय भएकाले धेरै आन्तरिक पर्यटक प्रमुख गन्तव्यमा घुमफिरका लागि निस्किएका छन् । सरकारले गत भदौ १६ देखि अन्तरराष्ट्रिय उडान तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालन गरेको थियो ।

दशैँतिहार, छठजस्ता चाडपर्वमा आन्तरिक उडान उत्साहबर्द्धक रहे पनि अन्तराष्ट्रिय उडान भने बढेको छैन ।

प्रतिक्रिया दिनुहोस