८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल एयरलाइन्सले पिसिआर परीक्षणको ७२ घण्टे सरकारी रिपोर्टलाई मात्र मान्यता दिइने

अ+ अ-

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ ।

सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट ७२ घण्टा भित्र प्राप्त रिपोर्टको आधारमा यात्रा गराउदा समेत यात्रुको पुनः पोजेटिभ देखिएको चिन्ता व्यक्त गर्दै निगमले अर्को व्यवस्था नभएसम्मका लागि हङकङ उडानमा सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको हो ।

निगमको महत्वपूर्ण गन्तब्य हङकङ उडानमा केही यात्रुमा बारम्बार कोरोना पोजेटिभ देखिएपछि त्यहाँको नागरिक उड्डयनले उडान प्रतिबन्ध लगाइरहेको छ । हङकङले पछिल्लो पटक निगमलाई तेस्रो पटक १४ दिनको लागि उडान प्रतिबन्ध गरेको छ ।

नेपालबाट पिसिआर गरेर गएका यात्रुको त्यहाँ पुनः परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएका कारण निगमको उडान प्रतिबन्ध भएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

निगमका अन्य उडान गन्तब्यमा भने यस्तो समस्या नरहेको पनि उनले उल्लेख गरिन् । आवश्यक अनुसन्धानको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालाईलाई आग्रह गरिएको उनले बताइन् ।

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार हङकङले अन्य मुलुकको उडान पनि प्रतिबन्ध गरेको अवस्थामा नेपाल एयरलाईन्सलाई तेश्रो पटक १४ दिनकोलागि प्रतिबन्ध लगाएको छ । ‘मुख्य कारण चांही : पिसिआर गरेर गएका यात्रुहरुको त्यहाँ पुनः परिक्षण गर्दा पोजेटिभ रिजल्ट आउनु थियो । सरकारी मान्यता प्राप्त प्रयोगशालाबाट रिपोर्टको आधारमा यात्रा गराउँदासमेत पुनःपोजेटिभ देखिनुले चिन्तित बनाएको छ ।’ महाप्रबन्धक पौडेलले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

हङकङको नागरिक उड्डयनले एयर ईन्डियालाई चार पटक, भिस्तारा एयरलाई तेश्रो पटक, क्याथे ड्रागनलाई (मलेशियाबाट) ईमिरेट्स (दुबई) सिंगापुर एयरलाईन्स (२) पटक लगायत अन्य केही एयरलाईन्सलाई एक-एक पटक गरि उडान प्रतिबन्ध लगाईरहेको पनि उनले उल्लेख गरे । नेपाल एयरलाइन्सको पछिल्लो उडान प्रतिबन्ध २५ नोभेम्बरसम्म कायम रहनेछ । पछिल्लोपटक दुबई र नारिताले निगमको उडानमा एक/दुई जना यात्रुमा कोरोना पोजेटिभ देखिएको भन्दै निगमलाई सचेत पत्र पठाएको थियो ।

निगमले उडान गर्ने गन्तब्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मान्यताप्राप्त प्रयोगशालाबाट पिसीआर परीक्षण गरी ७२ घण्टा भित्रको रिपोर्टलाई मान्यता दिने गरेको छ । निगमले अन्तर्राष्ट्रियतर्फ दुई थान वाईड बडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका नौ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ

प्रतिक्रिया दिनुहोस