८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन तोडफोड गर्नेविरुद्ध सार्वजनिक मुद्दा

अ+ अ-

कर्णाली । जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गर्ने ९ जना विरुद्ध सार्वजनिक मुद्दा लगाइएको छ ।

हिमा गाउँपालिका-१ जुम्ला मोफ्ला गाउँका १६ वर्षीय किशोरी बबिता रोकायको हत्यामा संलग्नलगायत शंकास्पदको अनुसन्धान गर्नुपर्ने दबाब दिँदै आएका पीडितलले आज अपरान्ह प्रशासन कार्यालयमाथि ढुंगामुढा गरेका थिए । प्रशासनमाथि तोडफोड गर्ने नौ जनालाई सार्वजनिक मुद्दा लगाइएको छ ।

मुद्दा लगाइएका नौ जनासहित स्थानीयको ढुंगा प्रहारबाट प्रशासन कार्यालयको प्रजिअ कक्ष, निवास, प्रहरी बिट र मालिका मन्दिर तोडफोड हुँदा रु.आठ लाख बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक भरतसिंह राठौरले सार्वजनिक सम्पत्तिमाथि तोडफोड गरिएकाले सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाइएको बताए । उनका अनुसार घटनामा सम्लग्न चार जना नियन्त्रण लिइएको र पाँच जना फरार छन् ।

उनका अनुसार घाइते चार प्रहरीमा दुई सामान्य उपचारपछि घर फर्केको र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । यता पीडितपक्षका घाइते दुई जना पनि उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न प्रमुख अभियुक्त करबहादुर भण्डारी, अन्य घटनामा संलग्न रामचन्द्र डाँगी र उनका श्रीमतीलाई पीडितको किटानी जाहेरी अनुसार पक्राउ गरी अनुसन्धानका सबै प्रक्रिया पुर्‍याएर अदालतले पठाई उनीहरुको सुनुवाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस