१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दरबार हाइस्कुलका शिक्षकलाई ल्यापटप र मोबाइल

अ+ अ-

काठमाडौँ । ऐतिहासिक दरबार हाइस्कुल (भानु र संस्कृत मावि) मा वैकल्पिक माध्यमबाट पठपाठनमा सहजताका लागि जनता क्लब अफ काठमाडौँले शनिवार ल्यापटप र मोबाइल हस्तान्तरण गरेको छ ।

सो क्लवले दुवै विद्यालयका शिक्षकले अनलाइन कक्षामा प्रयोग गर्ने गरी करिब रु १२ लाख बराबरको जम्मा २० थान ल्यापटप र ४० थान मोबाइल प्रदान गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा सो क्लबका अध्यक्ष सीमा गोल्छाले विद्यालयको नवनिर्मित भवनमा आयोजित कार्यक्रममा ती सामग्री हस्तान्तरण गरेका हुन्।

सो अवसरमा मन्त्री भट्टराईले ऐतिहासिक उक्त विद्यालयमा नयाँ भवन बनेकामा बधाई दिँदै शिक्षालाई विद्यमान विषम स्थितिमा पनि वैकल्पिक माध्यमबाट निरन्तरता दिनका लागि प्राप्त सामग्री उपयोगी हुने बताए।

प्राज्ञ डा. देवी नेपालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्तीका अवसरमा देवकोटाको व्यक्तित्वबारे प्रकाश पारेका थिए ।

सोही अवसरमा विद्यालयले आयोजना गरेको काठमाडौँ जिल्लास्तरीय माध्यमिक तहका विद्यार्थीका लागि गरिएको अनलाइन निबन्ध प्रगियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको थियो ।

काठमाडौँ महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष चिनीयामान बज्रायार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेशका प्रदेशसभा सदस्य वसन्त मानन्धरले विद्यालयलाई शुभकामना व्यक्त गरेका थिए ।

विनासकारी भूकम्पबाट ध्वस्त सो विद्यालयमा चीन सरकारले बनाइदिएको नयाँ आधुनिक भवन यही कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो ।

नयाँ भवनमा प्रयोगशाला र कम्प्युटर ल्याब उपलब्ध भए पनि हालको विषम स्थितिमा अनलाइन कक्षाका लागि ल्यापटप र मोबाइलको आवश्यकता परेको संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस