८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा सचिवालय बैठक बोलाएकै समयमा प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आज दिउँसो १ बजे नेकपा सचिवालय बैठक तय भएकै समयमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

कात्तिक २८ गते बसेको सचिवालय बैठकले बुधवार दिउँसो १ बजे बालुवाटारमा बैठक बस्ने निर्णय गरेको थियो । सोही समयमा आज प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले आजका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न प्रस्ताव गरेका थिए । तर अर्का अध्यक्ष दाहालले सहमति जनाएनन् । त्यस पति परिस्थिति थप बिग्रिएको नेकपा स्रोतले जानकारी दिएको छ।

नेकपा भित्र अध्यक्ष द्वयको अडानका कारण आन्तरिक विवाद झन् चुलिँदै गइरहेको छ । यस्तो परिस्थितिले नेकपा पार्टीभित्र मात्रै होइन देशको अवस्था नै धराशायी बन्न सक्ने अवस्था आउन सक्छ । नेकपा भित्र भने कठिन समयको सिर्जना भएको सङ्केत देखिएको छ ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले ओलीमाथि दर्जनौँ आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताहरूकै बीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेको छ।

ओली पक्षका नेताहरू दाहालको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन्। नत्र बैठकमा बस्नु र प्रस्तावमा प्रधानमन्त्रीले जवाफ दिइरहनु पर्छ भन्ने नभएको उनीहरूको भनाइ छ। उक्त प्रस्ताव ‘प्रस्ताव’नभएर ‘कथित आरोप पत्र’ भएको ओली पक्षको बुझाइ छ।

दाहालको प्रस्ताव फिर्ता लिन, दुई अध्यक्ष संवादमा बसेर सहमति खोज्न र बुधवार तय भएको सचिवालय बैठक केही समय स्थगित गर्न प्रधानमन्त्री ओलीले मङ्गलवार महासचिव विष्णु पौडेललाई दाहालको निवास खुमलटार पठाएका थिए। तर दाहालले त्यसमा सहमति जनाएनन्।

प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता नहुने र बैठक पनि नरोकिने बताए। सबै विषयमा सचिवालय बैठकभित्रै छलफल गरेर निचोडमा पुग्न सकिने उनको भनाइ थियो।

दिउँसो बालुवाटारमा ओलीसँग महासचिव पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरूको छलफल भएको थियो।

छलफलमा दाहालको प्रस्ताव फिर्ता र दुई अध्यक्षबीच सहमति नभएसम्म बैठक राख्न नहुने निष्कर्ष नेताहरूले निकालेका थिए। त्यसपछि महासचिव पौडेलले बालुवाटारमा नेताहरूकै अगाडिबाट दाहाललाई टेलिफोन गरेका थिए।

ओलीले दाहालले सचिवालय बैठकमा राखेको प्रस्ताव दस्ताबेज नभई आफू विरुद्ध नियोजित रूपमा गरिएको प्रहार भएकाले त्यसलाई आफूले जवाफ दिएर नजाने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस