१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्।

आज दिउँसो बस्ने नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली बिहान शीतल निवास पुगेका हुन्।

नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् । आजै सचिवालय बैठक दिउँसो १ बजे तथा मन्त्रिपरिषदको नियमित बैठक दिउँसो २ बजेका लागि तय भएको छ ।

यस अघि प्रधानमन्त्री ओलीले सचिवालय बैठक तय भएकै समयमा मन्त्रिपरिषद बैठक बोलाएका थिए । त्यस लगत्तै उनले मन्त्रिपरिषदको बैठक एक घण्टा पछि बस्ने गरी २ बजेका लागि सारेका छन् ।

हिजो राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाईसमेत भेटेकी थिइन्।

प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले सचिवालय बैठक सारेर सहमतिको प्रयास गर्न सुझाव दिएकी थिइन्।

प्रधानमन्त्री ओलीले आजको सचिवालय बैठक सार्न चाहेका थिए । तर, बहुमत सचिवालय सदस्यहरूले बैठक सार्ने पक्षमा नभएपछि आजै सचिवालय बैठक बस्ने बताएका छन् ।

नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठले ट्वीटरमार्फत सचिवालय बैठक आजै दिउँसो १ बजे बालुवाटारमा बस्ने जानकारी दिएका छन् । स्रोतका अनुसार अध्यक्ष प्रचण्ड भने कुनै पनि हालतमा सचिवालय बैठक नसार्ने पक्षमा छन् ।

सम्बन्धित समाचार : नेकपा सचिवालय बैठक दिउँसो १ बजे बालुवाटारमा बस्छ : प्रवक्ता श्रेष्ठ

प्रतिक्रिया दिनुहोस