८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पद्वारा निर्वाचन सुरक्षा प्रमुख बर्खास्त

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गरेका छन् ।

उनको कार्यकालमा जिम्मेवारी पाएका मध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उनले बर्खास्त गरेका हुन् ।

हालैको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको कुनै ठोस प्रमाण नपाइएको भन्दै राष्ट्रपति ट्रम्पको खुलेर आलोचना गरेकै कारण ट्रम्पले क्रिस्टोफरलाई बर्खास्त गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा धेरै ठाउँमा धाँधली भएको र आफूलाई पराजित भनिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

उनले अहिलेसम्म पनि आफू पराजित भएको र आफ्ना प्रतिस्पर्धी जो बाइडेन निर्वाचित भएको घोषणालाई अस्वीकार गर्दै आएका हुन् ।

उनले कतिपय ठाउँमा धाँधली भएको भन्दै उजुरी समेत दिएका छन् । ती उजुरीहरुलाई न्यायधीशहरुले खारेज गरिदिएका छन् ।

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गरेपनि कुनै आधार र प्रमाणहरु भने नदिएको भन्दै उनीहरुले उजुरी खारेज गरिदिएका हुन् ।

बर्खास्त गरिएका क्रिस्टोफर अमेरिकाको विद्युतीय सुरक्षा र भौतिक सुरक्षा निकायका निर्देशक थिए । उनको बर्खास्तीलाई लिएर अमेरिकामा आश्चर्य प्रकट गरिएको छैन ।

निर्वाचनमा पराजित भएदेखि नै राष्ट्रपति ट्रम्पले उनीप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्दै आएका थिए । उनले क्रिस्टोफरलाई सुरु देखि नै लक्षित गरेका थिए ।

राष्ट्रपति ट्रम्पले यसअघि पनि आफ्नो कार्यकाल भरीमा दर्जनौं उच्च पदाधिकारीहरुलाई बर्खास्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस