१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा एक जिल्ला प्रहरी प्रमुखसहित पाँच जनाको हत्या

अ+ अ-

अफगानिस्तान । अफगानिस्तानको फरयाब प्रान्तमा बुधबार भएको एक हिंसात्मक हमलामा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको एक समाचारमा जनाएको छ ।

फरयाब प्रान्तको कराकुल भन्ने जिल्लामा सडक किनारामा राखिएको बम विस्फोट गराएर आतंककारीहरुले एकजना प्रहरी प्रमुखसहित पाँच जनाको ज्यान लिएका हुन् । उक्त जिल्लामा सवारी साधनलाई लक्ष गरेर सडकको किरानामा बम राखिएको थियो । त्यो बम विस्फोट हुदा सवारीमा रहेका रहेका कराकुल जिल्लाका प्रहरी प्रमुख मोहमद विदार मारिएका छन् ।

उनी सहित सो आक्रमणमा परेर अरु चार जनाको पनि ज्यान गएको फरयाब प्रान्तका प्रान्तीय प्रमुखले बुधबार एक समाचारमा जनाएका छन् ।

फरयाब प्रान्तका प्रहरी प्रवक्ता अब्दुल कारिमले सो घटनाको पुष्टि गरेको बताइएको छ । उनले कराकुल जिल्लाका प्रहरी प्रमुख मोहमद विदारीको विस्फोटमा परेर ज्यान गएको स्थानीय सञ्चारमाध्यहरुहलाई जानकारी दिएका हुन् ।

सो विस्फोटक हमलाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन । तर अफगानिस्तानको सुरक्षा निकायले भने सो हमलामा तालिबानी समूहका लडाकूहरुको हात रहेको अनुमान गरेका छन् ।

उक्त तालिबानी समूहले पनि यस घटनाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया भने दिएको छैन । तालिबानीहरुले युद्धविराम गरेर अफगानिस्तानको सरकारसँग वार्ता गरेको भनिएको भए पनि यता अफगानिस्तानमा हिंसा गर्न भने छोडेको छैन ।

प्रतिक्रिया दिनुहोस