अमेरिका । अमेरिकामा कोरोना संक्रमण दर र मृत्युदर अझै बढ्दो क्रममा रहेको छ । अमेरिकामा कोरोनाबाट पछिल्ला २४ घण्टामा २ हजार १५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । । यो गत मेईयताकै उच्च मृतक संख्या हो ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टा यहाँ १ लाख ८७ हजारमा संक्रमण देखिएको छ । अमेरिकामा कोरोनाबाट २ लाख ६० हजारले ज्यान गुमाइसकेका छन् ।
यपसैबिच राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर पनि संक्रमित भएका छन् । यसअघि ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पमा पनि कोरोना देखिएको थियो, यद्यपी उनीहरु संक्रमणमुक्त भइसकेका छन् । ‘राष्ट्रपतिका छोराको यस हप्ताको सुरुवातमा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । यद्यपी, उनलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन,’ ह्वाइटहाउस स्रोतले भनेको छ ।
कोरोनाबाट संक्रमित हुनेको संख्या विश्वभर ५ करोड ७८ लाखभन्दा धेरै पुगिसकेको छ । यसमध्ये ४ करोड ३ लाख मानिस निको भइसकेका छन् ।