९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी एकताबिरोधी भन्दै पाण्डेविरुद्ध नेकपाकै कार्यकर्ताद्वारा नाराबाजी

अ+ अ-

काठमाडौँ । नेकपाका नेता एवं पुर्व मन्त्री सुरेन्द्र पाण्डेविरुद्ध पार्टी एकताबिरोधी भन्दै गृहनगरकै कार्यकर्ताहरूले नाराबाजी गरेका छन्।

सत्तारुढ नेपाल कम्यिुष्टि भित्रको विवादको विषयलाई लिएर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालनिकटका स्थायी समिति सदस्य पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने काम मात्र गरेको भन्दै कार्यकर्ताले नाराबाजी गरेका हुन्।

राप्ती नगरपालिकाको विरेन्द्रनगरमा गरिएको अगुवा कार्यकर्ता भेलामा पुगेका पाण्डेलाई ओली समर्थित कार्यकर्ताले पार्टी एकताबिरोधी भन्दै लखेट्ने प्रयास गरेका थिए। उनीहरूले पार्टी एकता जिन्दावाद, पार्टी फुटाल्न पाइँदैनलगायतका नारा लगाएका थिए।

पाण्डेले मदन भण्डारी फाउण्डेशनमार्फत गुटबन्दी भएको बताएपछि ओली समर्थित कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका थिए। नगर कमिटीको आधिकारिक भेलामा अन्य ठाउँका कार्यकर्ताहरू आएर बिथोल्ने प्रयास गरेको आरोप पाण्डे समर्थित कार्यकर्ताहरूले लगाएका छन्।

पाण्डे चितवन जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। कार्यक्रम भएको स्थान उनको निजी निवासबाट नजिकै पर्छ। पार्टीको राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनिए पनि यस विषयमा कुरा नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध खनिएको भन्दै कार्यकर्ताले कार्यक्रम नै बिथोलिदिएका थिए।

प्रतिक्रिया दिनुहोस