७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश लोक सेवाले भोलि ठुलो सङ्ख्यामा विज्ञापन गर्दै

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले भोलि सोमबार ठुलो सङ्ख्यामा विज्ञापन गर्ने भएको छ ।

लोक सेवाको वार्षिक पदपूर्ति तालिकाअनुसार चौथो तहको प्राविधिक तथा अप्राविधिक पदहरूको विज्ञापन खुल्ने भएको हो । आयोग उच्च स्रोतका अनुसार करिब ४ सय जनाका लागि विज्ञापन खुल्दै छ । यद्यपि सबै जिल्लाहरूबाट मागहरू आउने क्रम जारी रहेको यो सङ्ख्यामा केही थपघट हुन सक्ने जनाइएको छ ।

बागमती प्रदेशले पहिलो पटक खोल्न लागेको विज्ञापनका लागि आवेदन दिन चाहने उम्मेदवारले लोक सेवाको वेबसाइटबाट फारम डाउनलोड गरी आवेदन भर्न सक्नेछन् । यसरी भरेका आवेदन फारमहरू काठमाडौँ उपत्यकाको हकमा प्रदेश सुशासन केन्द्र(जावलाखेलमा रहेको छ), मकवानपुर जिल्लाको हकमा प्रदेश लोक सेवा केन्द्रीय कार्यालय र प्रदेश भित्रका अन्य जिल्लाको हकमा जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा बुझाउन सकिनेछ ।

बागमती प्रदेश लोक सेवाले परीक्षा सञ्चालनका लागि पाठ्यक्रमसमेत तयार गरिसकेको जनाएको छ । आयोगले यसैपालीदेखी अनलाइन सिस्टमबाट दरखास्त दिन सक्ने व्यवस्था गर्न खोजेको भए पनि विविध प्राविधिक कारणले अहिले त्यो सम्भव हुन नसकेको जनाएको छ । आगामी पुसमा हुने पाँचौँ तहको विज्ञापनमा भने अनलाइन सिस्टममार्फत नै आवेदन दिन सक्ने गरी काम भइरहेको आयोग स्रोतले बताएको छ ।

नेपाल सरकारले निर्णय गरी समायोजन ऐनलाई टेकेर सङ्घीय लोक सेवामार्फत प्रदेश र स्थानीय तहका लागि गत वर्ष ९ हजार १ सय ६१ जनाका लागि पदपूर्तिको विज्ञापन गरेको थियो । प्रदेशमा प्रदेश लोक सेवा गठन नहुन्जेल भनेर त्यति बेला विज्ञापन गरेको भए पनि अहिले प्रदेश लोक सेवा आयोग गठन भइसकेको अवस्थामा प्रदेश लोक सेवाले पदपूर्ति विज्ञापन खोलेको हो । २०७६ मङ्सिर २ गते बाट प्रदेश लोक सेवा आयोग गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस