९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खुला आकाश’ प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो

अ+ अ-

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले औपचारिक रुपमा आइतबारदेखि ‘खुला आकाश’ प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका यो सहित धेरैवटा अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट अलग भइसकेको छ ।

अमेरिका र रुसबीच शीतयुद्धका अवधिमा एकअर्का मुलुक वा पक्ष राष्ट्रका आकाशको प्रयोगका बारेमा रहेका कठिनाई हटाउन महाशक्ति राष्ट्र अमेरिका र रुसबीच यो खुला आकाश सम्झौता गरिएको थियो ।

तर राष्ट्रपति ट्रम्पले गत मे महिनामा रुसले सम्झौताका शर्तहरु उल्लंघन गरिरहेको आरोप लगाउँदै यस सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेका थिए।

अमेरिकी विदेश मन्त्रालयले आइतबार प्रकाशन गरेको वक्तव्यमा यो सन्धिबाट अमेरिका सन् २०२० नोभेम्बर २२ देखि बाहिरिने र अमेरिका अबदेखि खुला आकाश सन्धिको पक्ष राष्ट्र नरहेको उल्लेख गरिएको छ ।

यस सन्धिमा सन् १९९२ मा हस्ताक्षर भएको थियो र सन् २००२ देखि कार्यान्वयनमा आएको थियो । रुस र अमेरिका सहित सन्धिमा हस्ताक्षर गरेका ३५ राष्ट्रले एकअर्का मुलुकका आकाशमाथि हतियारविहीन निरीक्षण उडान भर्न सहमति जनाएका थिए ।

रुस र अमेरिकाले प्रायः एकअर्का मुलुकमाथि सन्धिका प्रावधान उल्लंघन गरेको आरोप लगाउँदै आएका थिए । तर ट्रम्प प्रशासनले छ महिनाको समयावधि दिएर सन्धिबाट बाहिरिने घोषणा गरेको थियो ।

ट्रम्प प्रशासन यसअघि इरानसँगको भएको सन् २०१५ को आणविक सम्झौताबाट पनि अलग भएको घोषणा गरेको थियो । साथै जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट समेत ट्रम्प प्रशासन बाहिरिएको थियो ।

हाल राष्ट्रपति-निर्वाचित जो बाइडेनले पेरिस सम्झौतामा अमेरिका पुनः प्रवेश गर्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस