७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कक्षा १२ को परीक्षा सन्तोषजनक : शिक्षामन्त्री

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित भएको बताएका छन् ।

कोभिड–१९ को जोखिमप्रति सजग हुँदै जनस्वास्थ्यका मापदण्ड पालना गरी ४० नम्बरका लागि लिइएको सो परीक्षाको अनुगमन गर्न आज त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा पुग्नुभएका मन्त्री पोखरेलले परीक्षाको चुस्त व्यवस्थापनबाट आफू सन्तुष्ट रहेको जनाएका हुन् ।

सो विद्यालयमा ६७७ विद्यार्थी सहभागी छन् । सम्बन्धित विद्यालयमा हाल परीक्षा दिन पायक नपर्ने परीक्षार्थीलाई पायक पर्ने अन्य परीक्षा केन्द्रबाट पनि परीक्षा दिन सकिने व्यवस्था गरिएको छ । परीक्षार्थीले हलमा जानुअघि साबुनपानीले हात धुने र स्यानिटाइजर लगाउने तथा हलमा सामाजिक दूरी कायमको प्रबन्ध गरिएको छ । कोभिड–१९ को सङ्क्रमण भएका परीक्षार्थीलाई पछि बेग्लै प्रबन्ध गरिने बोर्डले जनाएको छ ।

गत वैशाख ८ गतेका लागि तोकिएको परीक्षा कोभिड–१९ र बन्दाबन्दीका कारण स्थगन भएको थियो । परीक्षाका विभिन्न विकल्पमा गृहकार्यपछि नेपाल सरकारको अनुमतिमा राष्ट्रिय परीक्षा बोर्डले कूल १०० मध्ये ४० प्राप्ताङ्कका लागि प्रत्यक्ष परीक्षा, ४० प्राप्ताङ्क कक्षा ११ को नजिताबाट र २० प्राप्ताङ्क प्रयोगात्मक हुने गरी तय गरिएको छ । बोर्डले जुन विद्यालयबाट विद्यार्थी पढेका थिए, त्यही विद्यालयमा परीक्षा दिन पाउने (होम सेन्टर) को व्यवस्स्था गरेको छ । परीक्षाका प्रश्नपत्र केन्द्रसमक्ष अनलाइबाट पनि पठाइएको थियो ।

अनलाइन माध्यमबाट पनि परीक्षा दिन सकिने विकल्पबारेमा पनि सुझाव दिइएकामा यसको विश्वसनीयतामा प्रश्न उठेपछि प्रत्यक्ष परीक्षा सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस