७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परिचय पत्र सबैका लागि महत्त्वपूर्ण छ प्रजिअ-भट्टराई

अ+ अ-

डोटी । राष्ट्रिय परिचयपत्र सबै तह तप्काका नागरिकहरूको लागि उत्तिकै महत्त्वपूर्ण रहेको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताएका छन् ।

प्रशासन डटकमसँग कुराकानी गर्दै प्रजिअ भट्टराईले सरकारले दैनिक जीवनमा आवश्यक पर्ने सम्पूर्ण प्रशासनिक काम काजका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न लागेकाले सबै नागरिकहरूका लागि आवश्यक रहेकोले नेपाली नागरिकता प्राप्त गरेका सबैलाई राष्ट्रिय परिचय पत्रका लागि नाम दर्ता गराउन सुझाव दिएका थिए ।

डोटी जिल्लामा नेपाली नागरिकताको प्रमाण पत्र वितरण र परिचयपत्र वितरणको सवालमा दर्ता कर्मचारी, स्टेसन अभावका र नागरिकता लिन आउने सङ्ख्या बढेका कारण गति लिन नसकेको समेत प्रजिअ भट्टराई बताए । उनले दर्ता कर्मचारी र स्टेसन थपका लागि राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागलाई पत्राचार गरिसकेको समेत बताए ।

डोटी जिल्लाका नौ वटै स्थानीय तहका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न थालिएको र सहयोग गर्न सबै स्थानीय तहहरूलाई जानकारी गराई सकेको छ ।

जिल्लाबाट भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछ । केन्द्रीय विभागबाट राष्ट्रिय परिचयपत्र जिल्लामा आइपुग्न करिब छ देखि आठ महिना लाग्ने प्रजिअ भट्टराईले बताए ।

दश अङ्कको नम्बर रहेको परिचयपत्रमा नागरिकको सबै विवरणका साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका औँठाछाप,डिजिटल फोटो, शैक्षिक योग्यता, पेसा अस्थायी र स्थायी ठेगाना, विवाहित, अविवाहित लगायतका विवरणहरू रहने राष्ट्रिय परिचय पत्र शाखाका कम्प्युटर अपरेटर परमेश्वरी जोशीले बत्ताइन् ।

आम नागरिकमा नागरिकता भइसकेपछि अरू किन चाहियो भन्ने मानसिकताका कारण राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न आउन नमान्नु उनको बुझाई छ । राष्ट्रिय परिचय पत्रको लागि नाम दर्ता गराउन व्यक्ति स्वयं उपस्थित हुनुका साथै नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, विवाह दर्ता, बसाई सराइका कागजात, सम्बन्ध विच्छेदको हकमा प्रमाणित कागजात आवश्यक पर्ने समेत कम्प्युटर अपरेटर जोशीले बत्ताइन् ।

नेपाल सरकारले २०७६ साल देखि सुरु गरेको राष्ट्रिय परिचयपत्र वितरणको कार्यक्रम डोटी जिल्लामा २०७७ साल भाद्र महिनाको २८ गते देखि लागु भएको थियो जसमा हाल सम्म डोटी जिल्लामा ३८ जना महिला र १ सय ८२ जना पुरुषले मात्र नाम दर्ता गराएका छन् ।जिल्ला प्रशासन कार्यालय बाट सोही अवधिमा पुरुष २ हजार १ सय त्रिपन्न र महिला ८ सय ४१ जना गरी २ हजार ९ सय चौरानब्बे जनाले नेपाली नागरिकता प्रमाण पत्र लिएको प्रशासनको तथ्याङ्कमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस