९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व प्रसिद्ध फुटबल खेलाडी म्याराडोनाको निधन, आर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक

अ+ अ-

काठमाडौँ । फुटबलका अहिलेसम्मकै एक महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ। मस्तिस्कमा रगत जमेपछि नोभेम्बर महिनाको सुरुमा सफल सल्यक्रिया गरिएका उनको हृदयघातका कारण बुधबार निधन भएको हो ।

सन् १९८६ मा आर्जेन्टिनाले विश्वकप जित्दा उनी क्याप्टेन थिए। आर्जेन्टिनी फुटबल एशोसिएसनले ट्वीटर सन्देशमा म्याराडोनाको निधनप्रति गहिरो दुख व्यक्त गर्दै गरेको छ । एशोसिएसनले ट्वीटरमा भनेको छ, तिमी सधैँ हाम्रो हृदयमा रहनेछौँ।’

सन् १९८२ को विश्व कप फुटबलबाट उनीचर्चित बनेका थिए। त्यसबेला उनी २१ वर्षका थिए।

आर्जेन्टिनाका राष्ट्रपतिले उको निधनमा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्।

राष्ट्रपति अर्बेर्टो फेर्नान्डेशले भनेका छन्,‘तिमीले हामीलाई विश्वको उच्च तहमा पुर्‍यायौ, हामीलाई निकै खुशी दियौ। हामीले सधैँ तिमीलाई सम्झिरहने छौँ।’

म्याराडोनाले बार्सिलोना र नापोली फुटबल क्लबबाट पनि खेलेका थिए। आर्जेन्टिनाको तर्फबाट चारवटा विश्वकप खेलेका उनले ९१ वटा खेलमा ३४ गोल गरेका थिए।

आफ्नो खेल करिअरको दोस्रो खण्डमा उनी कोकिनको लतमा परेर सङ्घर्ष गर्नु पर्‍यो। सन् १९९१ मा परीक्षणमा लागु पदार्थ पुष्टि भएपछि १५ महिना प्रतिबन्धमा परे। व्यावसायिक फुटबलबाट उनले सन् १९९७ मा अवकाश लिएका थिए।

पेलेद्वारा भावुक श्रद्धाञ्जली
सन् २००८ मा उनी आर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक नियुक्त भए तर जर्मनीद्वारा क्वाटर फाइनलमा पराजित भएपछि सन् २०१० को विश्व कपपछि उनले त्यो जिम्मेवारी छाडदिए। उनको निधनप्रति विश्वभरीबाट शोक व्यक्त गरिएको छ।

म्याराडोना सन् २०१० मा आर्जेन्टिनाले विश्वकप खेल्दा राष्ट्रिय टोलीका प्रशिक्षक थिए ।

ब्रजिलका ख्यातिप्राप्त खेलाडी पेलेले ट्वीटरमा लेखेका छन्, ‘कस्तो दुखद खबर, मैले एक महान साथी र विश्वले प्रख्यात खेलाडी गुमायौँ।’

‘भन्नुपर्ने धेरै छ, तर अहिलेलाई ईश्वर परिवारका सदस्यलाई शक्ति प्रदान गरून्, मलाई आशा छ,एक दिन आकाशमा सँगै बल खेल्ने छौँ।’

प्रतिक्रिया दिनुहोस