९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेपत्ता छानबिन आयोगको टोली जुम्लामा

अ+ अ-

कर्णाली । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली जुम्लामा पुगेको छ ।

आयोगका सदस्य डा.गङ्गाधर अधिकारी नेतृत्वमा बिहीबार जुम्ला पुगेर टोलीले यहाँका पत्रकारसँग भेटघाट गरेको छ । भेटघाटमा सदस्य डा. अधिकारीले नेपालमा सशस्त्र विद्रोहदेखि विस्तृत शान्ति सम्झौतासम्म राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकको पहिचान र छुटेका व्यक्तिको उजुरी लिने उद्देश्यले यो समयमा कर्णालीमा पुगेको बताए ।

‘आयोगको कार्यक्षेत्र भनेकै छानबिन तथा अनुसन्धान हो’, उनले भने, ‘यसको मूल लक्ष्य तथा उद्देश्य भविष्यमा द्वन्द्व दोहोरिन नदिने हो ।’ मुलुकभरबाट आयोगमा तीन हजार २२३ उजुरी परेको बताउँदै उनले कर्णालीमा ४०४ उजुरी परेको जनाए । उनका अनुसार साविकको कर्णालीको कालिकोटमा ४५, जुम्लामा २०, मुगुमा २५, डोल्पामा छ र हुम्लामा चार जना बेपत्ताको उजुरी परेको छ ।

कोरोना महामारीका कारण आयोगले परिणाममुखी काम गर्न नसकेको स्वीकार्दै सदस्य डा. अधिकारीले कर्णालीलाई प्राथमिकतामा राखेर जुम्ला पुगेको आयोगले बेपत्ताहरूको छानबिन, अनुसन्धान र पहिचानका काम अगाडि बढाउने र चार दिनसम्म जुम्लामा बसेर यहाँका सरोकारवालासँग छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस