९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन

अ+ अ-

भीमेश्वर । उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेका हुन् ।

हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको दुवै आयोजनको सम्पूर्ण काम सकिएको र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेकाले विद्युत् उत्पादन शुरु हुने आयोजनका मेकानिकल इञ्जिनीयर अमित सिंहले बताए।

पहिलो आयोजनमा विद्युत् उपकरणको काम यसै हप्ता अन्तिम चरणमा पुग्ने र दोस्रो आयोजनको पेनस्टक पाइपको काम अन्तिम चरणमा भएकाले मङ्सिरको अन्तिमसम्म आयोजनाले विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।

यस कम्पनीले दुई वर्षअघि नै रु २४ करोड ७५ लाख बराबरको साधारण शेयर जारी गरिसकेको छ । दोलखा जिल्ला र रामेछापको सीमा भएर बग्ने खोलालाई फर्काएर रामेछापको चुचुरेमा विद्युत्गृह निर्माण गरिएका छन् ।

आयोजनको निर्माण र प्रशारणबाट दोलखा जिल्लाका साविकका माली, श्यामा, जिरी, हावा च्यामा र सहरे गाविस प्रभावित हुनेछ भने रामेछापको चुचुरे, ठोेसे, रस्नालु, बेताली गाविस प्रभावित हुनेछ । कूल रु तीन अर्ब १५ करोड लागत अनुमान गरिएको यी आयोजनामा नबिल बैंक, नेपाल बैंक, एभरेष्ट बैंक र एस डेभलपमेन्ट बैंकको रु दुई अर्ब ३५ करोड ऋण लगानी रहेको छ । आयोजनको काम समयमा नहुँदा लागत अनुमान बढेको बताइएको छ ।

हिमालय ऊर्जा कम्पनीले निर्माण गरेको आयोजनाले २०७५ साल असार मसान्तसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भएतापनि प्रसारण लाइन अभावमा दुई वर्ष ढिला भएको आयोजनाको भनाइ छ । आयोजनाबाट निर्माणाधीन विद्युत् गर्जाङमा निर्माणाधीन सवस्टेशनमा जोडिने छ ।

अर्का खिम्ती गर्जाङ १३२ केभीको प्रसारण लाइन निर्माणाधीन छ । नेपाल विद्युत् प्राधिकारणले निर्माण गरी रहेको प्रसारण लाइनको काम ढिलासुस्ती भएर समयमा नहुने भएमा विकल्पमा कम्पनीको उच्च ध्यान गई छलफल गरिने इञ्जिनीयर सिंहले बताए ।

प्रसारण लाइनको काममा ढिलासुस्ती भएमा दैनिक उत्पादित विद्युत् खेर गई आम्दानीबाट करोडौँको घाटा हुने भएकाले आयोजनाको व्यवस्थापनको विकल्प खोज्नुपर्ने बाध्यता रहेको उनले बताए । आयोजनाका विद्युत्गृहमा जापानिज तोसिबा कम्पनीको उपकरण जडान गरिएको छ । उपकरण जडानमा भारतीय प्राविधिकको टोलीले काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस