७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशरथचन्द नगरपालिकाका सबै वडामा १० दिन लकडाउन घोषणा

अ+ अ-

काठमाडौँ । बैतडीको दशरथचन्द नगरपालिकाका सबै वडामा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । नगर कार्यपालिकाको हिजो बसेको बैठकले आजदेखि मङ्सिर २२ गतेसम्म नगरपालिकाका ११ वटै वडा लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिका भित्र हाल ३४ जना सक्रिय सङ्क्रमित रहेकाले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गर्ने निर्णय भएको दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोद बहादुर चन्दले जानकारी दिए ।

लकडाउनको अवधिमा नगरपालिकाभित्रका औषधि पसल खुल्ला रहने र एम्बुलेन्स सञ्चालन गर्न पाइने छ । सबै प्रकारका लामो तथा छोटो दूरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजेसम्म मात्रै खोल्न पाइनेछ ।

यस्तै अतिआवश्यकबाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निर्णय भएको छ । यसैगरी रुघाखोकी, ज्वरोका बिरामीले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गर्नुपर्ने, नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निर्णयमा उल्लेख गरिएको छ ।

यस्तै नगर क्षेत्रभित्रका बैङ्क तथा वित्तीय संस्थाले हप्तामा तीन दिन आइतबार, मङ्गलवार र बिहीबार मात्रै सेवा प्रवाह गर्ने, नगर क्षेत्रभित्र रहेका सङ्घीय र प्रदेश सरकार मातहतका कार्यालय बन्द गर्न अनुरोध गर्ने, परीक्षाबाहेक सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने, विवाहमा १० जना मात्रै सहभागी हुन दिनेलगायतका निर्णय गरेको छ ।

यस्तै धार्मिकस्थल तथा मन्दिरमा नित्यपूजाबाहेक भिडभाड हुने खालका सबै मेला तथा पर्वमा रोक लगाउने निर्णयसमेत भएको छ । कसैले अत्यावश्यक आवतजावत गर्नुपरेमा वडा कार्यालयको सिफारिसमा मात्रै आवतजावत गर्न दिने निर्णय भएको नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख चन्दले जानकारी दिए ।

बैतडी जिल्ला अस्पतालमा पिसिआर परीक्षण गर्ने व्यवस्था भए पनि भेन्टिलेटरको व्यवस्था नभएका कारण गम्भीर बिरामीलाई भेन्टिलेटर आवश्यक परेमा कैलालीको धनगढी पुर्‍याउनुपर्ने बाध्यता छ । जिल्लामा भेन्टिलेटरको व्यवस्था नहुँदा धेरैले अकालमै ज्यान गुमाउनुपर्ने खतरा बढेको पनि नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख चन्दले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस