९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न सभामुख सापकोटाको आह्वान

अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले लोकतान्त्रको सुदृढीकरण र सङ्घीयतालाई स्थायित्व प्रदान गर्न प्रदेशसभाले स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न आह्वान गरेका छन् ।

सङ्घीय संसद् सचिवालयद्वारा आयोजित ‘सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्रिया समापन समारोहमा उनले कानून निर्माणलगायतका विषयमा अधिकतम सहयोग गरी दिशा निर्देशन गर्न उनले आग्रह गरेका हुन् ।

संसद्लाई जीवन्त तुल्याउँदै जनमुखी र व्यावहारिक कानून निर्माण गर्न सुझाव दिँदै सभामुख सापकोटाले भने, ‘सभामुख र उपसभामुख पद विवादमा नआउने समन्वयकारी भएकाले तटस्थ र निष्पक्ष हुनुपर्छ, प्रदेशको पहिचान स्थापित गर्ने अहिले ठूलो अवसर र चुनौती छ, राम्रो काम गरेर इतिहास रच्ने अवसरको सदुपयोग होस् ।’

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बजेट बनाउँदा वार्षिकरुपमा मन्त्रालयगत सीमा तोक्ने पुरानो परिपाटी व्यावहारिक नदेखिएकाले त्यसमा पुनःविचार गरी आवश्यकता र औचित्यका आधारमा बजेट निर्धारण गर्न सुझाव दिएका छन् ।

उनले भने, ‘संसद्ले रुलिङ गरेको विषयलाई सरकारले सम्बोधन गर्नुपर्छ, संसदीय मूल्यमान्यता र जवाफदेहीताको सम्मान गर्न आवश्यक छ, सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैँ निर्धारण गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस