१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

च्याम्पियन्स लिग : बार्सिलोना र युभेन्ट्सको सहज जित

अ+ अ-

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले सहज जित हात पारेका छन् । बार्सिलोना र युभेन्ट्सले क्रमशः फेरेन्सिभारोस र डिनाभमो किभलाई समान ३–० ले पराजित गरेको हो । फेरेन्सिभारोसको मैदानमा भएको खेलमा बार्सिलोनाले सबै गोल पहिलो हाफमा गरेको हो ।

खेलको १४औँ मिनेटमा एन्टोइन ग्रीजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा मार्टिन ब्रेथवेइटले गोल गर्दै अग्रता दोब्बर पारे । २८औं मिनेटमा ओसमान डेम्बेलेले पेनाल्टीमार्फत बार्सिलोनाका लागि तेस्रो गोल गरे । समूह जी मा अपराजित रहेको बार्सिलोना ५ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ ।

यसैगरी युभेन्ट्सले पनि घरेलु मैदानमा सहज जित हात पार्दा तीन फरक खेलाडीले गोल गरे । २१औँ मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा युभेन्ट्सले दुई गोल थप्यो ।

क्रिस्टियानो रोनाल्डोले ५७औं मिनेटमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे भने ६६औं मिनेटमा अल्भारो मोराटाले युभेन्ट्सका लागि तेस्रो गोल गरे । चौथो जितपछि १२ अंकसहित युभेन्ट्स दोस्रो स्थानमा छ । किभ र फेरेन्सिभारोसमा समान १ अंक छ ।

समूहको अन्तिम खेलमा अब बार्सिलोनाले युभेन्ट्ससँग खेल्नेछ भने डिनामो किभ र फेरेन्सिभारोस युरोपा लिग पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो हुने टिम युरोपा लिगका लागि छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस