कर्मचारीप्रतिको जनगुनासा नौला र नेपालमा मात्र देखिएको समस्या नभई थोरबहुत विश्वभरि नै देखिने समस्या हो । तर नेपालमा अलि बढी र बढ्दो क्रममा देखिने गरेको छ । कोरोनाकालमा सोचेजस्तो कार्य गर्न नसक्नु पनि जनगुनासा बढाउने एक कारण हुन पुग्यो । कोरोना कहरको बिच कर्मचारीहरुमासमेत निराशा छाउने, काम गर्न एक किसिमको मनोत्राश पैदा हुने, कार्यकुशलता, शैली र क्षमतामा प्रभाव पर्नेदेदि समग्र प्रगतिमै असर परेको गत आर्थिक वर्षकै विभिन्न तथ्याङ्कबाट प्रस्ट हुन्छ । जुन यस वर्षमा कति असर होला भन्ने आर्थिक वर्षको अन्तमा हेर्न सकिन्छ तर अहिलेदेखि नै विचार पुर्याउन सकिएन भन्ने स्थितिमा खासै सुधार आउला भन्न सक्ने अवस्था हालसम्म देखिएको छैन ।
समायोजन पछि त झनै कतै कर्मचारी अभावका कारणसमेत कर्मचारीहरूमा एक किसिमको नैराश्यता छाएको छ । खास गरी कार्यालय प्रमुखलाई समयमै कार्य सम्पादन गर्नको निम्ति पनि हेल्पिंग हान्ड्सको आवश्यकता पर्ने भएकोले समयमा सोचेजस्तो कार्य सम्पन्न हुन नसकेकोलेपनि कर्मचारीले दोष पाउनु स्वाभाविक हो ।
सरकारी कार्यप्रति जनगुनासो पनि दिनहुँ घट्नुको साटो बढ्दै गएको छ । यसमा सुधार नहुनु पनि दुर्भाग्यपूर्ण हो । यसमा पनि कडाइ गर्न नसकेको खण्डमा कालान्तरमा यसले कर्मचारीको साख र देशको समग्र प्रगति मै असर पुग्ने देखिन्छ । तर यसो हुनुको पछाडिका कारण कहिल्यै खोजी गरिएन र कारण थाहा भए पनि अन्जान बन्ने प्रयास गरियो । समय समयमा विभिन्न आयोग गठन गरिएको भएतापनि कति आयोगको सुझाव पालन गरिएन र गरिएकोमा पनि आंशिक गरियो ।
कर्मचारीको मनोबल उच्च नराखी सोचे जस्तो प्रगति कहिले हासिल गर्न सकिन्न र यसकालागि अन्तर हृदयबाट काम गर्न कर्मचारीको इच्छा जागृत गराउने उत्प्रेरक क्रियाकलापको वृद्धिको आवश्यकता छ । यसकालागि निम्न कुराहरूमा सरकारले ध्यान पुर्याउनु आवश्यक देखिन्छ ।
- समय सापेक्ष जीवन धान्न सक्ने किसिमको तलब सुविधा
- सरकारी आवास वा सो बापतको घर भाडा
- बच्चा पढाउने निजामतीरकर्मचारी स्कुलहरूको निःशुल्क वा न्यून शुल्कको व्यवस्था(प्रत्येक प्रदेशमा एक एक वटा)
- प्रत्येक प्रदेशमा एक एक सुविधा सम्पन्न निजामती अस्पतालको व्यवस्था र सम्पूर्ण किसिमको उपचारमा कम्तीमा ५० प्रतिशत छुटको व्यवस्था
- राजपत्राङ्कित कर्मचारीहरूलाई सरकारी जागिर अवधि भरिका लागि ५० प्रतिशत अनुदानमा छुट्टै नम्बर प्लेट दिई एक पटक का लागि पद अनुसार रकम तोकी सरकारी कार्यका लागि गाडी खरिद गर्न दिने जसबाट एकातिर कर्मचारीको कार्य क्षमता बढ्ने र अर्कोतर्फ नेपाल सरकारको गाडी खरिदमा हुने अनावश्यक खर्चमा दीर्घकालीन कटौती हुने देखिन्छ ।
- उच्च अध्ययन र नियमित तालिमको व्यवस्था
- नियुक्ति, सरुवा, बढुवा र पदस्थापनामा पूर्ण रूपमा कानुनको पालन
- अधिकार र जिम्मेवारीको स्पष्ट किटानी
- राम्रो कार्य को प्रशंसा, पुरस्कार र गलत कार्यको दण्ड सजायको यथोचित व्यवस्था
- उपयुक्त व्यक्ति उपयुक्त ठाउँमा पोस्टिङ
एकातिर कर्मचारीको मनोबल उच्च राखी कार्यालयको कार्य चुस्त दुरुस्त र सेवाग्राहीमैत्री बनाई समयमै कार्यसम्पादन गराउन सक्ने वातावरणको निर्माण गराउन सक्नु अहिलेको आवश्यकता देखिएको छ । केही प्रदेशमा कर्मचारी र जनप्रतिनिधि बीचको विवाद , विवाद मै सीमित नभई हातपातमै पुग्नु अति दुर्भाग्यपूर्ण अवस्था हो । यसले न कर्मचारीतन्त्रलाई नै काम गर्ने मनस्थितिको सिर्जना हुन्छ नत जनप्रतिनिधिले नै जनतासित गरेको वाचा पुरा हुन्छ ।
त्यसैले कर्मचारीको मनोबल उच्च राखी हातेमालो गरी एन नियम सङ्गत गर्न मिल्ने काम तर्फ जोड दिँदा विधिको शासन कायम हुन्छ र दोषी कर्मचारीलाई सम्बन्धित निकायबाट कारबाही गराउनु को साटो जनप्रतिनिधि नै मुछिनु पक्कै न्यायसङ्गत हुँदैन । कर्मचारी भित्र रहेका शासक प्रवृत्ति पनि अन्त हुनु अति आवश्यक देखिन्छ । अहिले पनि थुप्रै कर्मचारीमा धैर्यता, सहनशीलता र अरूको कुरा सुन्ने प्रवृत्तिको कमी नभएको होइन । त्यसैले अबको पाटोमा दुवै सुध्रिनुको विकल्प रहँदैन नत्र यी द्वन्द्वे समेत विकासमा बाधा पुर्याउने, राम्रो मान्छे आउन नखोज्ने वा आएको व्यक्ति आउने बित्तिकै भाग्न खोज्ने जस्ता क्रियाकलाप बढ्न गई विकाश मा बाधा पुग्छ ।
कर्मचारीले समयमा कार्यालय आइदिने, सेवाग्रहीसित झर्को नमानी मिठोसित बोलिदिने, सेवा दिन नसक्नुको उचित कारण समयमै जानकारी गराइदिने, अनावश्यक न अल्झाउने(समयमै कार्य गरिदिने र नियमित पुर्नसमय कार्यालयमा दिने हो भने थुप्रै जनगुनासो समाधान हुन्छ होला र कर्मचारी प्रतिको नकारात्मक भावना लाई सजिलै सकारात्मक तर्फ लैजान सकिन्छ । बिदाको समयमा सामाजिक र विकास निर्माणको गतिविधिमानसमेत कर्मचारीले चासो दिएमा अहिले देखिएको जनगुनासो केही कम गर्न सकिन्छ ।
ठाकुर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रका निमित्त कार्यालय प्रमुख(अधिकृत आठौँ) हुन्