९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि-बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घका अध्यक्षमा विनोद पराजुली

अ+ अ-

काठमाडौँ । कृषि बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडको एकीकृत साधारणसभाले विनोद पराजुलीका अध्यक्षतामा २३ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ ।

गत असार ३१ गते कृषि बीउ र तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडबीच एकीकरण भएको थियो । कृषिसँग सम्बन्धित सहकारीको छाता संस्थालाई एउटै बनाउने उद्देश्यले एकीकरण गरिएको जनाइएको छ । हाल २० केन्द्रीय सङ्घमध्ये १३ वटा कृषिकै रहेको जनाइएको छ ।

एकीकरण भएपछि शुक्रबार शुरु पहिलो साधारणसभाले आगामी चारवर्षे कार्यकालका लागि २३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको हो । सङ्घको सहअध्यक्षमा होमनाथ थपलिया, उपाध्यक्ष त्रयमा सुश्री गोपा बिएम, कालीप्रसाद पाण्डे र रणबहादुर बोहरा निर्वाचित भएका छन् । यसैगरी महासचिवमा मीनबहादुर घिमिरे निर्वाचित भएका छन् । सङ्घको सात जना सचिवमा क्रमशस् हरिप्रसाद प्याकुरेल, श्रीमती सङ्गीता कँडेल, हितराज कार्की, हरिबहादुर थापा, रामप्रसाद पाण्डे, बर्जुराम घतानी र रामचन्द्र रेग्मी निर्वाचित भएका छन् । सात जना सचिवलाई आगामी सञ्चालक समितिको बैठकले प्रदेशगतरुपमा संयोजन गर्नेगरी जिम्मेवारी तोक्ने सचिव प्याकुरेलले जानकारी दिए ।

सङ्घको कोषाध्यक्षमा धर्मेन्द्र महर्जन, सदस्यमा भूमिप्रसाद रेग्मी, कल्याणी बोहरा, रुद्रबहादुर विसङ्खे, पासाङदोर्जे लामा, बद्री सञ्जेल, एकप्रसाद बजगाइँ, गङ्गासागर नेपाल, विवेक ढकाल र रमेश फुयाँल निर्वाचित भएका छन्। साधारणसभाको शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले उद्घाटन गरेकी थिइन्।

मन्त्रालय र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडले करिब रु सवा करोडको लागतमा चाबहिलस्थित सरस्वतीनगरमा केन्द्रीय सहकारी बजार पनि शुक्रबारदेखि नै औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ । खुद्रा बजारमा ताजा तरकारी तथा फलफूल सुपथ मूल्यमा पाइने बजार सञ्चालकसमेत रहेका सचिव प्याकुरेलले जानकारी दिए ।

सरकारको सहयोगमा निर्माण भएको यो पहिलो सहकारी बजार हो । मन्त्रालयकै सहयोगमा ललितपुरमा सहकारी बजार सञ्चालनमा ल्याउने तयारी भएको छ । बजारमा केही दिनमा थोक बिक्री कक्षसमेत खोल्न लागिएको जनाइएको छ । लिमिटेडमामा देशका विभिन्न भागका १९३ वटा कृषि बीउ, तरकारी तथा फलफूल सहकारी आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस