१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा स्थायी कमिटी बैठक : ओली उपस्थित होलान् ?

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बस्दै छ । आज दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक तय भएको छ ।

तर आजको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली भने उपस्थित हुने नहुने टुङ्गो लागि नसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

लामो समयदेखिको पार्टी भित्र देखिएका मतभेदलाई स्थायी कमिटी बैठकमा लगेर छलफल गर्ने निष्कर्षसहित शनिवार बसेको पार्टीको सचिवालय बैठक सकिएको थियो । तर सचिवालय बैठकमा अध्यक्ष ओलीले भने स्थायी कमिटी बैठक नराख्ने मनसाय गरेको बुझिएको छ ।

केही दिन देखि दुवै अध्यक्षबीचको संवादहीनतालाई तोडेर शनिवार वन टु वन वार्ता भएको थियो । सचिवालय बैठक अघि अध्यक्ष ओली र प्रचण्डबीच छलफल भएको थियो । अध्यक्ष द्वयको छलफलले पार्टीमा सकारात्मक सङ्केत दिएको थियो । वन टु वन वार्तापछि बसेको सचिवालय बैठकमा भने त्यसको कुनै प्रभाव नपरेको बैठकमा सहभागी सदस्यले बताए ।

अध्यक्ष ओलीले छलफलका क्रममा आफूले दुवै पद नछोड्ने जानकारी दिएका थिए । उनले कार्यसूची तयार नपारिएकाले सचिवालयमै सहमतिको वातावरण बनिनसकेकाले स्थायी कमिटी बैठकको कुनै औचित्य नरहेको भन्दै स्थायी कमिटी बैठकका लागि सहमत देखिएका थिएनन् ।

तर अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितका नेताले बैठक राख्नमै जोड दिएका थिए । त्यसपछि ओली मौन रहेको बैठकमा सहभागी एक सदस्यले प्रशासनलाई बताए । “बैठक नै नराखौँ । छलफल नै नगरौँ भन्दै हुनुहुन्थ्यो, प्रस्ताव छैन भन्दै हुनुहुन्थ्यो तर बैठक रोक्न असफल हुनुभयो,” एक सचिवालय सदस्यले भने ।

नेकपा सचिवालय स्रोतका अनुसार पार्टीको पहिलो वरियताका अध्यक्ष बैठकमा उपस्थित नहुने भन्ने प्रश्नै रहँदैन ।

प्रतिक्रिया दिनुहोस