७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि दीक्षान्तमा माथिल्लो तहका विद्यार्थी मात्रै सहभागी हुने

अ+ अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले पीएचडी, एम.फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी मात्रै सहभागी गराएर यसपटक दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण कायमै रहेका कारण माथिल्लो तहका विद्यार्थी र विभिन्न विषयमा गोल्ड मेडल प्राप्त विद्यार्थीको उपस्थितिमा मात्रै दीक्षान्त समारोह गर्ने निर्णय गरेको हो ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोहमा यसपटक पीएचडी, एम.फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी गरी करिब दुई सय जनाको सहभागितामा दीक्षान्त समारोह गरिने जानकारी दिए । पुस ६ गते विश्वविद्यालयको ४६औँ दीक्षान्त समारोह आयोजना गरिने भएको छ ।

दीक्षान्त समारोहमा यसपटक स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थी सहभागी हुन पाउने छैनन् । पुस ६ गतेको औपचारिक कार्यक्रम सकेपछि पुस ७ गतेबाट स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई शैक्षिक उपाधि वितरण गरिने कार्यक्रम छ । दीक्षान्त समारोहमा सहभागिताका लागि यसपटक सात हजार ८७ जना बढी विद्यार्थीले आवदेन दिए पनि कोरोना भाइरस सङ्क्रमणको अवस्थाका कारण सबैलाई सहभागी गराउन सकिने अवस्था नभएको जनाइएको छ ।

स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई छ/सातवटा काउन्टर बनाएर शैक्षिक उपाधि वितरण गरिने योजना छ । विद्यार्थी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने पोसाकमै सजिएर प्रमाणपत्र लिनेछन् तर औपचारिकता गरिने छैन । तीन चार दिनमा सबै तहका प्रमाणपत्र वितरण गरिसक्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ ।

यसपटक सबै विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी गराउन नसके पनि त्रिविले टेलिभिजनबाट दीक्षान्त समारोहका प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस