१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोमानीयामा आज संसदीय निर्वाचन हुँदै

अ+ अ-

बुखारेस्ट । पूर्वी युरोपेली मुलुक रोमानीयामा आज (आइतबार) संसदका लागि आमनिर्वाचन हुँदैछ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारको प्रयासलाई लिएर आलोचना भइरहे पनि वर्तमान युरोपेली पक्षधर सरकारले नै विजय हासिल गर्ने अनुमान गरिएको छ ।

चुनावका लागि मतदान केन्द्रहरु बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म खुला रहने निर्वाचन आयोगले जनाएको छ । चुनावको पहिलो नतिजा अबेर रातिसम्ममा प्राप्त हुने अपेक्षा गरिएको छ ।

मतदान केन्द्रहरुमा कोरोना भाइरसबाट सचेतता अपनाउन सामाजिक दूरी, मास्क लगाउने र हातधुने विधि अपनाइने आयोगले जनाएको छ ।

पछिल्ला केही समयदेखि राष्ट्रवादीहरु लोकप्रिय नारा दिएर चर्चामा रहेपनि उदारवादी प्रधानमन्त्री लुडोभिक ओर्बानले युरोपकै सबैभन्दा गरिब राष्ट्र रोमानीयालाई आधुनिक र युरोपेली मुलुककै मापदण्डमा उभ्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओर्बानले गत वर्षदेखि नै अल्पमतको सरकारको नेतृत्व गरिरेका छन् ।

आइमास इन्स्टिच्यूटले हालै प्रकाशन गरेको जनमत सर्वेक्षणमा ओर्बानको नेसनल लिबरल पार्टी (पिएनएल) ले २८ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरेको छ । विपक्षी सोसल डेमोक्रेटिक पार्टी (पिएसडी) ले २३ प्रतिशत मत प्राप्त गर्ने आइमासले प्रक्षेपण गरेको छ ।

हालै गठन भएको मध्य–दक्षिणपन्थी गठबन्धन युएसआर–प्लसले करिब १८ प्रतिशत मत प्राप्त गर्ने अनुमान छ । रोमानीयाली राजनीतिमा पछिल्ला केही समयदेखि यस गठबन्धनले प्रभाव सिर्जना गर्न थालेको छ ।

आइमासले रोमानीयामा यसपटक ४० प्रतिशतभन्दा बढी मतदान नहुने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस