७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपन्न परिवारलाई सोलार बत्ती वितरण

अ+ अ-

डोटी । डोटीको बडिकेदार गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण गरेका छन् ।

नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएपछि उनले हरेक वर्ष सरकारबाट आफूले पाउने सेवासुविधाको रकमबाट त्यहाँका विपन्न तथा आर्थिक स्थिति कमजोर भएका परिवारलाई निःशुल्क सहयोग गर्दै आएका छन्। सोहीअनुसार वडाध्यक्ष विनाडीले यो वर्ष लाखौँ रकमको लगानीमा सोलार बत्ती वितरण गरेका हुन् ।

आफ्नो वडामा बत्ती नभएर अँध्योरोमा जीविका चलाउँदै आएका विपन्न परिवारको समस्यालाई ध्यानमा राखी आफूले कम्तीमा पनि १० घरपरिवारलाई सोलार बत्ती वितरण गरेको वडाध्यक्ष विनाडीले बताए। उनले भने, ‘गाउँमा बत्ती नभएर अँध्यारोमा बसेका नागरिकको दुःख देखेर मैले वडाबाट पाउने भत्तालगायतका शीर्षकबाट आउने रकमबाट बत्ती जडान गरेको छु, अहिले १० घरपरिवारले उज्यालो पाएका छन्, मसहित उनीहरू पनि खुशी छन् ।’

वडाध्यक्ष विनाडीले सोलार बत्ती वितरण गरेपछि सो वडाका नागरिक निकै खुशी भएको स्थानीयवासी चक्र चन्दले बताए। उनले भने, ‘विपन्न परिवारलाई विगतदेखि खाद्यान्न, लुगाकपडासहित वितरण गर्दै आउनुभएका वडाध्यक्ष विनाडीले यो वर्ष उज्यालोका लागि सोलार वितरण गरेका छन्, जो आफैँमा राम्रो काम हो ।’

सोलार जडान गरिएपछि उक्त वडाका अधिकांश घर अहिले झिलीमिली बनेको स्थानीयवासी बताउँछन् । बत्ती जडान भएसँगै अहिले त्यहाँका स्कुले बालबालिकालाई राति पढ्न तथा मोबाइल चार्जदेखि घरमा राति उज्यालो बाल्नका लागि सहज भएको अर्का स्थानीय हर्क मगरले बताए । उनले भने, ‘बत्ती नहुँदा छोराछोरीले सल्लाको दियालो बालेर राति पढ्ने गर्दथे, मोबाइल चार्ज गर्न पनि छिमेकी गाउँमा जानुपर्थ्यो, अहिले बत्ती जडान भएपछि सबै सहज भएको छ ।’ सो वडामा अहिलेसम्म पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस