७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं २ र सङ्घीय सरकारबीच घनिष्ठ सम्बन्ध छ : मन्त्री भट्टराई

अ+ अ-

जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनकपुरधामको उच्चतम ढङ्गले पूर्वाधारको विकासका लागि सरकार क्रियाशील रहेको बताएक छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जनकपुर विमानस्थलमा निर्माण गरिएको टर्मिनल भवन र कन्ट्रोल टावरको आज मन्त्री भट्टराईले उद्घाटन गर्दै उद्घाटित भवन र टावर सङ्घ, प्रदेश र स्थानीय तहको मित्रताको सेतु र सुन्दर उपहार भएको धारणा राखे ।

सङ्घ र प्रदेश नं २ सरकारबीच घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै उनले ‘निर्माण गरिएको भवन र टावर सङ्घीयताको विशेषतासँग गाँसिएको प्रतीक हो’ भने । सभ्यता र संस्कृतिको केन्द्र भएको जनकपुरधामको गरिमा र महत्व सन्दर्भमा जनकपुर विमानस्थलको नाम जनकपुरधाम विमानस्थल नामकरण राख्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउँदै भन्दै उनले यसका लागि नीतिगत प्रक्रिया अघि बढाउनु आवश्यकता औँल्याए ।

मन्त्री भट्टराईले जनकपुरधामबाट अन्तरप्रदेश र अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि धावनमार्गको विस्तार आवश्यक भएकाले जग्गा उपलब्ध र प्रक्रियागत समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच छलफल, समझदारी र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले जनकपुर विमानस्थललाई जनकपुरधाम विमानस्थल नामकरण गर्नुपर्ने र धार्मिक पर्यटन प्रवद्र्धन हुने ढङ्गले हवाई सेवा विस्तार गर्नुपर्ने बताए । अर्का प्रतिनिधिसभा सदस्य जुली महासेठले जनकपुरधाम विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनु जरुरी भएको धारणा राखे ।

उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रामनरेश रायले जनकपुरधामबाट अन्तर प्रदेश र भारतका बङ्गाल, उत्तर प्रदेश र विहारका प्रमुख स्थलसम्म हवाई सेवा सञ्चालनको अवधारणालाई मूर्तरूप दिन आग्रह गर्दै नेपाल भारत सीमा बन्दका कारण यात्रुलाई सास्ती भोग्नु परिरहेकाले सीमा खुल्ला गर्नुपर्ने बताए ।

प्राधिकरणका निमित्त महानिर्देशक नरेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको सो समारोहमा मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, जनकपुधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र एरोड्रम इञ्जिनीयरिङ विभागका प्रमुख प्रदीप अधिकारीले भवन र टावर निर्माणले जनकपुरधामको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

पुरानो टर्मिनल भवनलाई विस्थापित गरी सुविधा सम्पन्न टर्मिनल भवन बनाउने सरकारको नीतिअनुरूप जनकपुरधामको ५३ वर्ष पुरानो टर्मिनल भवनलाई विस्थापित गरी रु ४२ करोडको लागतमा अत्याधुनिक सुविधायुक्त टर्मिनल भवन निर्माण गरिएको छ ।

सो भवन र टर्मिनलको संरचनामा इँटा प्रयोग नगरी स्टिलको प्रयोग गरिएको जनाइएको छ । टर्मिनल भवनको निर्माण कार्य दुई वर्षमा सम्पन्न हुनुपर्ने प्राविधिक समस्या, संरचनागत अस्पष्टताका कारण आठ वर्षमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस