बेइजिङ । हङकङले कोभिड नियन्त्रणका लागि थप कडाई गर्ने बताएको छ ।
हङकङमा कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सङ्क्रमण नियन्त्रणका उपायलाई मङ्गलबारदेखि थप कडाई गर्न लागेको हङकङ विशेष प्रशासननिक क्षेत्रका प्रमुख कार्यकारी क्यारी लामले बातएका छन्।
महामारी फैलिने सम्भावना बढ्दै गएपछि नियन्त्रणका लागि हङकङले रेष्टुरेण्टका सेवाहरूलाई साँझ ६ बजेपछि रोक लगाएको छ ।
हङकङमा गत हप्ताभरीमा ६६१ जना सङ्क्रमित भएको बताइएको छ । सङ्क्रमितहरूमा पाका उमेरका व्यक्ति मात्र नभई अधबैसै तथा किशोरकिशोरीका साथै केही बालबालिका पनि रहेको उनले बताए ।