१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सुशासन केन्द्रमा लोक सेवाको फाराम बुझाउन अव लाइन बस्न नपर्ने !

अ+ अ-

काठमाडौँ । प्रदेश सुशासन केन्द्रमा लोक सेवाको फाराम बुझाउन घण्टौँ लाइन बस्न नपर्ने भएको छ ।

बागमती प्रदेश लोक सेवा आयोगले खोलेको सहायक चौथोको फाराम बुझाउन परीक्षार्थिहरुले घण्टौँ लाइन बस्नु परेको समाचार प्रशासन डटकममा प्रकाशन भएसँगै आयोगका निमित्त सचिव भोला दाहालले फोन गर्दै सो जानकारी गराएका हुन् ।

‘फारामहरू त्यति नै बेला दर्ता नगरी आएका जति फारामहरू सेवा समूहअनुसार जम्मा मात्रै गर्ने भन्ने निर्णय भएको छ’, निमित्त सचिव दाहालले प्रशासनसँग भने, ‘फाराम बुझाउने म्याद सकिएपछि केही नपुग रहेछ भने फाराममा नै लेखिएको सम्पर्क नम्बरमा फोन गरेर जानकारी गर्न सकिहालिन्छ’ । समाचारमा नै आएपछि तत्काल फोन गरेर केन्द्रमा सो जानकारी गराई सकेकोले बुझ्ने मात्रै भएकोले भीड नहुने उनको भनाई छ ।

उनले अव त्यो अवस्था नरहने र म्यानेज गरिसकेकोसमेत बताएका छन् । फाराम भर्ने मिति सकिनै लाग्दा केन्द्रमा परीक्षार्थीहरूको थेगिनसक्नुको भिड देखिएको थियो ।

सम्बन्धित समाचार : प्रदेश सुशासन केन्द्रमा लोक सेवा फाराम बुझाउनेको तछाडमछाड, कोरोना बिर्सेर हजारौँको लाइन

अनलाइन गर्न नसक्नु आफ्नो कमजोरी रहेपछि पहिलो चोटि भएका कारण सबै व्यवस्थित गर्न नसकेकोले परीक्षार्थी दुःख नहोस् भनेर सो व्यवस्था गरेको पनि उनले बताए ।

केन्द्रमा अत्यधिक भीड भएपछि केही दिन अघि घरेलु कार्यालय ललितपुरमा पनि भर्न सकिने गरी निर्णय गरेर पठाएको र केही परीक्षार्थिहरुले त्यताबाट पनि फाराम बुझाएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस