१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिजिट भिसामा जान लागेका १५० नेपाली विमानस्थलबाटै फर्काइएसँगै १४ अधिकृत मन्त्रालयमा तानिए

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन विमानस्थलमा भएको भिजिट भिसा सेटिङ प्रकरणका सम्बन्धमा छानबिन शुरु गरेपछि विमानस्थलले यसै साताभित्रै भिजिट भिसामा खाडीमुलुक जान लागेका १५० जना नेपालीलाई विमानस्थलबाटै फिर्ता पठाएको छ ।

अध्यागमन विभागको अनुगमनपश्चात विमानस्थलले शंकास्पद भ्रमणमा रहेका ती नेपालीलाई विमानस्थलबाटै फिर्ता पठाइएको विभागका महानिर्देशक रमेश कुमार केसीले प्रशासनसँग बताए ।

गृहको प्रारम्भिक छानबिनमा विमानस्थलस्थित अध्यागमन कार्यालयका १४ अधिकृतसमेत परेका छन् । मन्त्रालयका उपसचिव रुद्र पण्डितको नेतृत्वमा रहेको छानविन समितिकोे सिफारिसका आधारमा १४ अधिकृत मन्त्रालयमा तानिएका छन् ।

गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्र बहादुर बुढाले प्रशासनसँग भने, ‘गृहमन्त्रालयको छानविनमा सहयोग होस् भन्ने हिसावले अध्यागमनका १४ अधिकृतहरुलाई मन्त्रालयमा तानिएको हो ।’

त्रिभुवन विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाएर केही गिरोहले कैयन युवायुवतीलाई भिजिट भिसामा खाडी मुलुक पठाई अलपत्र पारेको भन्दै सम्बन्धित देशका दूतावासले सरकारलाई गुनासो गरेपछि गृह मन्त्रालयले छानविन समिति बनाएको थियो ।

नयाँ कार्यविधि ल्याउने तयारीमा अध्यागमन विभाग

काठमाडौँ । अध्यागमन विभागले विमानस्थलबाट भिजिट भिसामा हुने शंकास्पद विदेश भ्रमणलाई रोक्न र भ्रमण व्यवस्थित गर्न अध्यागमन कार्यविधि ल्याउने तयारी गरेको छ ।

अध्यागमन विभागले नयाँ ल्याउन लागेको कार्यविधिमा बीमासम्बन्धी व्यवस्था अनिवार्य गर्न लागिएको छ । विभागका महानिर्देशक रमेश कुमार केसीले प्रशासनसँग भने ‘भिजिट भिसा गन्तव्य मूलुकले नै उपलब्ध गराउने भएकाले त्यहाँ रहँदा यात्रुहरु अलपत्र नपरुन, त्यस्तो गाह्रो अप्ठेरो परेमा सहज होस् भन्ने हेतुले नयाँ कार्यविधिमा बीमा सम्बन्धी व्यवस्था थप गर्न लागिएको हो ।’

भिजिट भिसामा विदेश जान अंग्रेजी भाषा बोल्न जान्नुपर्ने, एसएलसीसम्म पढेको हुनुपर्नेजस्ता विषय कार्यविधिमा राख्ने तयारी नभएको तर यसबारे केही मिडियाहरुले हल्ला फिजाएको पनि उनले स्पष्ट पारेका छन् । उनले भने, ‘धेरैजसो युवायुवतीहरु घुम्ने जाने भनेर मेनपावर कम्पनी र ट्राभल एजेन्सीको सेटिङमा झुक्क्याएर भिजिट भिसामा खाडी मुलुकमा जाने गरेका र त्यहाँ गएर अवैद्यरुपमा काम गर्ने गरेकाले अलपत्र पर्ने गरेका छन् , भिजिट भिसामा जान लागेका उद्धेश्य स्पष्ट नभएका, शंकास्पद भ्रमणमा रहेकालाई अध्यागमनले विमानस्थलबाटै फिर्ता पठाउने गरेको छ ।’

हालको कार्यविधिअनुसार भिजिट भिसामा विदेश जान पासपोर्ट र भिसासँगै दुईतर्फी हवाई टिकट, एक हजार अमेरिकी डलर, होटेल बुकिङ तथा कोही आफन्त विदेशमा भएको प्रमाणित कागजपत्र आवश्यक हुन्छ । त्यति कागज भए पनि शंकास्पद लागेमा अध्यागमन अधिकृतले फर्काउन सक्ने तजबिजी अधिकार छ ।

भिजिट भिसाका सम्बन्धमा अध्यागमन विभाग प्रायःजसो विवादमा पर्ने गरेकाले कर्मचारीबाट अधिकार दुरुपयोग नहोस् भनेर नियमित रूपमा अनुगमन भइरहेको विभागका महानिर्देशक केसी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस