११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुस १० गतेदेखि फिल्म हल खोल्ने चलचित्र संघको घोषणा

अ+ अ-

काठमाडौँ । नेपाल चलचित्र संघले आउँदो पुस १० गतेदेखि फिल्म हल खोल्ने घोषणा गरेको छ ।

सरकारले कोरोना भाइरस महामारी रोकथामका लागि २०७६ चैतमा देशभर गरिएको लकडाउन देखि बन्द रहेको फिल्म हलहरु ९ महिना बितिसक्दा पनि खोल्ने निर्णय भएको छैन । तर हल व्‍यवसायीहरुले सोमबार पत्रकार सम्मेलन गरी पुस १० गतेदेखि एकतर्फी रुपमा हल खोल्ने घोषणा गरेका हुन् ।

कोभिड-१९ माहामारी पश्चात सबैखाले व्यावशाय र जनजिवन सामान्य बन्दै गर्दा चलचित्र क्षेत्र भने कहिलेबाट खोल्ने भन्ने विषयमा कुनैपनि प्रकारको छलफल हुन नसक्दा चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिको जिवनशैलिमा प्रत्यक्ष असर परिरहेको छ ।

सरकारले बारम्बार आफूहरुको मागलाई बेवास्ता गरेकाले एकतर्फी रुपमा हल खोल्ने घोषणा गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले बताए । ९ महिना हल बन्द हुँदा व्यवसायीलाई २ अर्ब रुपैयाँ भन्दा बढी घाटा लागेको उनको भनाइ छ ।

चलचित्र संघका महासचिव अशोक शर्माले विगत ७ महिनायता सरकारसँग आफूहरुको व्यवसायसँग जोडिएका विभिन्न माग राख्दै आएपनि आश्वासन मात्र दिएको बताए । ‘हरेक पटकको भेटमा हामीलाई आश्वासन मात्र दिने काम भयो । अब बाध्य भएर हामी हल खोल्ने निर्णयमा पुगेका हौँ’ उनले भने ।

पुस १० गते हल खोल्दा सरकारले बन्द गराउन खोजेमा आफूहरु गिरफ्तारी दिन पनि तयार रहेको महासचिव शर्माले बताए ।

व्यवसायीहरुले अहिले ५० प्रतिशत अकुपेन्सीमा सुरक्षा मापदण्ड अपनाएर हल खोल्ने तयारी गरेका छन् । पत्रकार सम्मेलनमा शर्माले भने, ‘अहिले नै हामीलाई हलमा दर्शकको मारामार भिड हुन्छ भन्ने लाग्दैन । तर, हल खोल्दा चलचित्र क्षेत्र चलायमान हुने वातावरण बन्छ । यसैले, यो निर्णय गर्न बाध्य भएका हौँ ।’

हल खुले पनि अहिले नयाँ फिल्म भने प्रदर्शन हुने छैन । हलहरु पनि दर्शकको संख्याका आधारमा चलाउँदै जाने महासचिव शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस