१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीका ‘धन्दा’ नियमन गर्न सतर्कतालाई पत्र, कार्यकक्षबाटै गरिने सेयर कारोबारमा ब्रेक !

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले सञ्चालन गर्दै आएका अनेक खाले ‘धन्दा’हरूको अनुगमन गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई पत्राचार गरेको छ ।

बहालवाला कर्मचारीहरूबाट कानुनी तथा मन्त्रालयले गरेका निर्णयहरूको पालना भए/नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गरी कानुन तथा निर्णय परिपालनको अवस्थालाई प्रभावकारी बनाउन सोमबार मन्त्री स्तरीय निर्णय भएको मन्त्रालय स्रोतले प्रशासन सिंहदरबार ब्युरोलाई जानकारी दिएको छ ।

मन्त्रालयले कार्यालयमा नियमित रूपले हाजिर तथा उपस्थित भए /नभएको देखि पोसाक तथा परिचय पत्र लगाएको/नलगाएको, निजी इन्स्टिच्युटमा पढाएको/नपठाएको र कार्यालय समयमा सेयर ब्रोकर कार्यालयमा गई वा कार्यकक्षबाटै शेयर तथा अन्य विद्युतीय कारोबार गरे/नगरेकोबारे अनुगमन गर्न मन्त्रालयले केन्द्रलाई पत्राचार गरेको हो ।

सम्बन्धित समाचार : सहसचिवभन्दा माथिका कर्मचारीले लोक सेवा पढाउन मन्त्रिपरिषदको अनुमति लिनुपर्ने, यसअघिका स्वीकृति खारेज

मन्त्रालयले केन्द्रलाई पठाएको पत्रको पहिलो बुँदामा निजामती सेवा ऐन, २०४९ को दफा ४१ बमोजिम निर्धारित समयमा कार्यालयमा नियमित रूपले हाजिर तथा उपस्थित भए/नभएको साथै दफा ४८ विपरीत हुने गरी व्यापार व्यवसाय गरे/नगरेको अनुगमन गर्न भनेको छ भने निजामती सेवा नियमावली, २०५० को नियम ११९ क, बमोजिम कार्यालयमा उपस्थित हुँदा तोकिए बमोजिमको पोसाक तथा परिचय पत्र लगाए/नलगाएकोबारे दोस्रो बुँदामा उल्लेख छ ।

त्यस्तै मन्त्रालयको मङ्सिर ८ गतेको मन्त्रीस्तरीय निर्णय विपरीत हुने गरी लोक सेवा आयोग तथा अन्य निकायका प्रतिस्पर्धात्मक परीक्षाका तयारी कक्षाहरू सञ्चालन गर्ने निजी इन्स्टिच्युटमा उपस्थित भई वा अनलाइन माध्यमबाट लिखित तथा मौखिक प्रशिक्षण दिने कार्यमा सहभागी भए/नभएको एवम् कर्मचारीहरू कार्यालय समयमा त्यस्ता प्रशिक्षणमा प्रशिक्षार्थीको रूपमा सहभागी हुने गरे/नगरेको र कार्यालय समयमा शेयर ब्रोकर कार्यालयमा गई वा कार्यकक्षमै बसी विभिन्न माध्यमबाट शेयर तथा अन्य विद्युतीय कारोबार गरे/नगरेकोबारे अनुगमन गर्न भनेको हो ।

निजामती कर्मचारीलाई सेवा प्रवाहमा तल्लीन बनाई निजामती सेवालाई थप व्यवस्थित, मर्यादित, उत्तरदायी र जिम्मेवार बनाउन उक्त कदम चालिएको मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस