१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा पहिलो पटक व्यावसायिक कालिज पालन सुरु

अ+ अ-

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ५ धिर्कामाण्डौमा पहिलो पटक व्यावसायिक रूपमा कालिज पालन सुरु गरिएको छ । कालिज बहुउद्देश्यीय फर्मले सुरु गरेको कालिज पालन व्यवसायको सोमबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसीलाले उद्घाटन गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश भित्र नयाँ व्यवसायिकरुपमा कालिज पालन सुरुवात गरेको बताउँदै यसको विकास र प्रवर्द्धनका लागि गाउँपालिकाले हर सम्भव सहयोग गर्ने बोगटान फुड्सील गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले बताए । उनले भने‘म अन्य युवा साथीहरूलाई अनुरोध गर्छु, यसरी व्यावसायिक काम गर्नु होस्, हामी हातमा हात मिलाएर काम गर्न तयार छौँ, कृषि क्रान्ति युवाको सहभागिता बिना सम्भव छैन ।’

स्थानीय युवा देव बहादुर बोहरासहितका चार जनाले संयुक्तरुपमा कालिज बहुउद्देश्यीय फर्म सुरुवात गरेका हुन् । ५ सय चल्ला राखेर सुरुवात गरेको उक्त फर्मले निकट भविष्यमा ह्याचरी सुरु गर्ने तयारी रहेको सञ्चालक बोहराले जानकारी दिए ।

२१ लाख ९७ हजारको लागतमा डाँडा घरबार गरेर धिर्कामाण्डौँमा कालिज पालन सुरु गरिएको छ । फर्मको थप विस्तारका क्रममा सहरमा रेष्टुरेष्ट खोल्ने तयारी भइरहेको बोहराले बताए । बोहराले भने ‘यहाँ हुर्काउने पालन गर्ने कार्य हुन्छ, दिपायल वा कैलालीमा कालिज रेस्टुरेन्ट स्थापना गर्छौँ ।’ सुदूरपश्चिम प्रदेशमा कैलालीपछि ब्यवसायीकरुपमा कालिज पालन गर्ने बोहरा दोस्रो कृषक हुन ।

नेपालमा कालिज पालन नयाँ व्यवसाय भएको पशु सेवा विज्ञ केन्द्र तथा भेटनरी अस्पताल सिलगढीका प्रमुख खडकबहादुर शाहले बताए । शाहले भने ‘हाम्रा लागि पनि कालिज नौलो विषय हो, हाम्रो कार्यालयको तर्फबाट हुने सहयोग हुनेछ, जिल्लाको ग्रामीण क्षेत्रमा कृषकले यति ठुलो लगानी गर्नु प्रशंसनीय कार्य रहेको बताए ।

कालिज पालनको नौलो व्यवसाय भएका कारण राम्रो सम्भावना रहेका कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले भने ‘पछिल्लो समयमा कृर्षिप्रति युवाहरूको आकर्षण बढेको छ, सरकारले अब काम गर्ने कृषकलाई प्राथमिकतामा राखेर काम गर्छ व्यावसायिक कृषकहरूलाई हाम्रो सहयोग हुन्छ ।’

प्रति कालिज भाले ३ हजारमा बिक्री गर्ने सञ्चालक बोहराले बताए । १ केजी भन्दा माथि तौल रहेका भाले तीन हजारमा बिक्री सुरु गरिएको छ । लगडाउनका कारण व्यापार व्यवसाय चौपट भएको बेला बोहराले भने नयाँ व्यवसाय सुरु गरेका हुन् । फर्म सञ्चालनमा अहिलेसम्म कुनै पनि ठाउँबाट अनुदान नलिएको बोहराले बताए । उनले भने ‘धेरै ठाउँबाट सहयोग गर्ने आश्वासन आएको छ, अब फर्मको उद्घाटन भयो हेर्दै जाऊँ ।

सुदूरपश्चिम प्रदेशका लागि कालिज पालन नयाँ व्यवसाय हो ।

प्रतिक्रिया दिनुहोस