९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्प निकट नेताले बाइडनलाई दिए बधाई

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन पार्टीका एक उच्च नेता सिनेट मेजरिटी लिडर मिच मक्कोनेलले गत महिना भएको राष्ट्रपति निर्वाचनमा विजयी बनेका जो बाइडनलाई बधाई दिएका छन्।

इलेक्टोरल कलेजहरूको मतदानले ट्रम्पविरुद्ध बाइडनको जित पुष्टि गरेको एक दिनपछि सिनेटर मक्कोनेलले उनलाई बधाई दिएका हुन्। अहिले रिपब्लिकनहरूको नियन्त्रणमा रहेको सिनेटसँगको सम्बन्ध बाइडनको कार्यकालका लागि निकै महत्त्वपूर्ण हुनेछ। आउँदो महिना सिनेटका लागि हुने चुनावी अभियानका लागि बाइडनले जोर्जिआ राज्यको भ्रमण गरेका छन्।

आउँदो ज्यानुअरी ५ मा सिनेटका दुई सदस्यबारे निर्णय हुनेछ र त्यसैले उनको पार्टीले सदनमा आफ्नो नियन्त्रण कायम गर्छ कि गर्दैन भन्ने तय हुनेछ। हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्र्याटहरूकै नियन्त्रण रहेको छ। सोमवार बाइडनको जितको आधिकारिक पुष्टि भएपछि विश्वका तीन नेताले पनि बाइडनलाई बधाई दिएका छन्।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारु र मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले राष्ट्रपति निर्वाचित भएपछि बधाई दिन अनकनाएको भन्दै व्यापक टिप्पणीहरू भएका थिए। सिनेटमा बोल्दै मक्कोनेलले नोभेम्बर ३ मा भएको चुनावमा आफूले फरक परिणाम को आशा गरेको तर इलेक्टोलर कलेजले जितको पुष्टि गरेको बताए।

‘त्यसैले म राष्ट्रपति निर्वाचित जो बाइडनलाई आज बधाई दिन चाहन्छु,’ उनले भने। उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई पनि बधाई दिँदै मक्कोनेलले भने,‘पहिलोपटक उपराष्ट्रपतिमा महिला निर्वाचित हुनु सबै अमेरिकीको लागि गर्वको कुरा हो।’ बाइडनले पछि आफूले मक्कोनेलसँग टेलिफोनमा कुरा गरेको र बधाईका लागि धन्यवाद दिएको बताए। ‘ढिलो नगरी मिलेर काम गर्न’ पनि दुवै सहमत भएको बाइडनले बताए।

राष्ट्रपति ट्रम्प भने आफ्नो अडानबाट पछि हट्ने देखिएका छैनन्। ट्रम्पले राष्ट्रपति निर्वाचित बाइडनको जितलाई कसरी लिएका छन् भन्ने प्रश्नमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केली म्याकेननीले राष्ट्रपति अझै पनि चुनावसँग सम्बन्धित जारी मुद्दामै संलग्न रहेको मात्रै बताइन्। ट्रम्पले ह्वाइट हाउस छोडेपछि सिनेटका शीर्ष नेताका हिसाबले पदमा रहने रिपब्लिकनको तर्फबाट सबैभन्दा शक्तिशाली व्यक्ति मक्कोनेल नै हुनेछन्। त्यसैले पनि राष्ट्रपति निर्वाचित बाइडनलाई उनले बधाई दिनु अर्थपूर्ण रहेको बीबीसीको विश्लेषण रहेको छ।

मक्कोनेलले बाइडनको विजय स्वीकार्नुले ज्यानुअरी ६ मा संसद्‌मा उनको हारलाई चुनौती दिने ट्रम्पको अन्तिम तीर पनि अर्थहीन भएको छ। अब भने ट्रम्पको प्रतिक्रियाको प्रतीक्षा सुरु भएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस