८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकमा कोरोना देखिएपछि बैतडीका विद्यालय पुन: बन्द

अ+ अ-

बैतडी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस बैतडीका शिक्षक र स्थानीय बासिन्दामा संक्रमण देखिएपछि बैतडीका विद्यालय पुन: बन्द भएका छन्। कोरोना महामारी फैलिएदेखि झण्डै ७ महिनापछि सञ्चालनमा आएका विद्यालयहरू पुन: बन्द भएका हुन्।

बैतडीका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले संक्रमण फैलिएका ठाउँमा जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको बताए। जिल्लाको डिलाशैनी गाउँपालिकाले कोरोना जोखिम बढेको भन्दै पुस ५ सम्म लकडाउन गरेको थियो। त्यसपछि विद्यालय पनि बन्द गरेको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए।

यस्तै, दोगडाकेदार गाउँपालिकाका एक शिक्षकमा कोरोना पुष्टि भएकाले पुस २ गतेसम्म विद्यालय बन्द गरिएको सोही स्थानीय तहको सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिए। उनले संक्रमण बढी फैलिन थाले विद्यालय छिट्टै सञ्चालन नहुने बताए।

यस्तै, पाटन नगरपालिकाकाले पनि बजार क्षेत्र रहेको वडा नम्बर ६ का विद्यालयहरू पुस ५ सम्म बन्द गरेको छ। दुई विद्यालयका शिक्षकमा कोरोना देखिएपछि संक्रमणको जोखिम बढ्ने भन्दै उक्त वडाका विद्यालय बन्द गरिएको नगरपालिकाका नगर प्रमुख केशवबहादुर चन्दले बताए।

यस्तै, सुर्नया गाउँपालिका-२ स्थित वासुदेव माविका एक शिक्षिकालाई पनि कोरोना संक्रमण देखा परेपछि वडा नम्बर २, ३, ४ जोखिम रहेका क्षेत्रका विद्यालय बन्द गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस