९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई ठगी मुद्दा

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए । उनले गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालयबाट आवश्यक कानूनी प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।

‘किसानसँग जाहेरी लिई, पक्राउ पूर्जीसमेत जारी भइसकेको छ, ठगी मुद्दामा कारवाही अघि बढ्छ’, प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले भने, ‘उनले अहिलेसम्म पक्राउ भएको भन्ने जानकारी नआएको बताए ।’

सर्लाही, रौतहट र नवलपरासीका चार चिनी मिलका सञ्चालकले विगत वर्षदेखि नै उखु किसानको बाँकी बक्यौता भुक्तानी गरेका छैनन् । पटकपटक ताकेता गर्दा भुक्तानी नदिएपछि किसान पुनः काठमाडौँ आएर आन्दोलन चलाइरहेका छन् । सोही विषयमा मङ्गलबार गृहमन्त्री राबहादुर थापासहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि विकासमन्त्री घनश्याम भुसाल र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठीसहितको बैठक बसेको थियो । बैठकले उनीहरुलाई पक्राउ गरी कारवाही गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा गृह मन्त्रालयले आवश्यक कारवाहीका लागि गरेको परिपत्रअनुसार प्रहरीले आवश्यक कानूनी प्रक्रिया अघि बढाएको हो । कानूनी कारवाहीका लागि आवश्यक प्रक्रिया अघि बढेपछि केही मिल सञ्चालकले भने रकम जम्मा गरेको भन्ने जानकारी आएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । नतिर्नेलाई पक्राउ गरी कारवाही गर्न प्रहरीलाई स्पष्ट निर्देशन गरिएको उनले बताए ।

गत वर्ष उखु किसान आन्दोलित भएपछि माग सम्बोधन गर्नेगरी सहमति भएको थियो । उक्त सहमति पूरा नभएपछि किसान पुनः आन्दोलित भएका हुन् । प्रतिनिधिसभाका सांसदहरुले किसानको रकम भुक्तानी नगर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस