४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाले पुस १७ गते काठमाडौँ उपत्यकामा प्रदर्शन गर्ने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस १७ गते काठमाडौँ उपत्यकामा प्रदर्शन गर्ने भएको छ।

शनिबार काठमाडौँमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि पुस १७ गते काठमाडौँ उपत्यकामा प्रदर्शन गर्ने बताएका छन् ।

उनले राजसंस्थाको पुर्नस्थापनाको लागि देशभरबाट उठेको आवामा आफ्नो सर्मथन रहेको बताएका छन् । राप्रपाले झापा, मकवानपुर र महोत्तरी लगायतका जिल्लामा जनप्रदर्शन गरिसकेको र यही पुस १७ गते काठमाडौँमा समेत प्रदर्शन गर्न लागेको उनले बताए।

यस्तै अहिलेको बुहमत प्राप्त सरकारले जनताको अभिमतको दुरूपयोग गरिरहेको र त्यसको पूर्ण रूपमा विरोध गर्दै मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न दबाव दिन पनि आन्दोलन आवश्यक रहेको उनले बताए।

कार्यक्रममा अध्यक्ष राणाले महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न, संगठित धर्म परिवर्तन रोक्न सरकार असफल भएकाले पनि राप्रपा सडकमा उत्रनुपरेको बताए।

कार्यक्रममा अर्का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा स्वस्फूर्त रूपमा भइरहेको प्रदर्शनमा राप्रपाको समर्थन रहेको र अब हुने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताए।

यस्तै अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना महामारी नियन्त्रण गरी आर्थिक विकास गर्न सरकार पूर्णरूपमा असफल भएको बताउँदै जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्न पनि आन्दोलन आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस