काठमाडौँ । संसद विघटनको निर्णयविरुद्ध ३ जना कानून व्यवसायी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओली रिट लिएर सर्वोच्च पुगेका हुन् ।
सर्वोच्च अदालत स्रोतका अनुसार उनीहरुको रिट आइतबार नै दर्ता भने भएको छैन । ‘दर्ता भएको छैन, प्रक्रियामा छ’ स्रोतले भन्यो ।