१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा हाल सम्मकै ठुलो साइबर आक्रमण

अ+ अ-

काठमाडौँ । अमेरिकामा हालसम्मकै ठुलो साइबर हमला भएको छ । अमेरिकी उर्जा मन्त्रालयमा भएको साइबर हमला हालसम्मकै ठूलो साइबर आक्रमणको घटना भएको त्यहाँको उर्जा मन्त्रालयले पुष्टि गरेको छ । अमरिकी उर्जा मन्त्रालयले मुलुकका परमाणू हतियारको रेखदेख गर्ने गर्छ । उक्त साइबर आक्रमणले परमाणु हतियारमा भने कुनै असर नपरेको अमेरिकी सरकारको भनाइ छ ।

यस्तै अमेकिाको वाणिज्य मन्त्रालयमा पनि साइबर आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । साइबर आक्रमणको घटना निरन्तररुपामा भइरहेपनि आइतबार मात्रै उक्त घटनाबारे पत्ता लागेको अधिकारीहरु बताउँछन् । यसैगरी माइक्रोसफ्ट कम्पनीले पनि बिहीबार आफ्नो सिस्टममा एक खतरनाक सफ्टवेयर फेला परेको जानकारी दिएको छ । हालसम्म भएका साइबर आक्रमणका घटनामा रसियाको हात रहेको अमेरिकाको आरोप रहेको छ । तर रुसले भने त्यो अस्विकार गर्दै आएको छ ।

अमेरिकामा भएका यस्ता साइबर आक्रमणबारे अमेरिकी राष्ट्रपतिको हालसम्म कुनै पनि प्रतिक्रिया आएको छैन । नवनिर्वाचि जो बाइडेनले भने साइबर सुरक्षाका लागि सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् ।

अमेरिकाको सबैभन्दा ठूलो साइबर एजेन्सीको रुपमा रहेको साइबर सेक्योरिटी इन्फ्रास्टक्चर एजेन्सीले भने साइबर आक्रमणलाई निर्मूल पार्नु निकै जटिल र चुनौतीपूर्ण रहेको जनाएको छ । उसका अनुसार पछिल्लो साइबर आक्रमणबाट महत्वपूर्ण मौलिक ढाँचा क्षतिग्रस्त भएको थियो । संघीय एजेन्सी तथा निजी क्षेत्रका कम्पनीहरुको सुरक्षामा नोक्सान पुगेको थियो र उत्तः नोक्सानीले गम्भीर खतरा पैदा गरेको छ । एजेन्सीका अनुसार उक्त ह्याकिङ गत मार्च महिनामै सुरु भएको हो । साइबर हमलाकारीहरुले धैर्य, परिचालन, सुरक्षा तथा जटिल ट्रेडक्राफ्टको उपयोग गरी गम्भीर साइबर आक्रमण गर्न सफल भएको उसको भनाइ छ ।

अमेरिकी ऊर्जा तथा वाणिज्य मन्त्रालयमा भएका पछिल्लो साइबर आक्रमणबाट ह्याकरहरुले कस्ता कस्ता सूचना चोरी गर्न सफल भए भन्ने चाहीँ पत्ता लागेको छैन । ऊर्जा मन्त्रालयका प्रवक्ताले चाहिँ साइबर हमलाकारीहरुले मन्त्रालयको बिजनेस नेटवर्कमा मात्र क्षति पूराएको दाबी गरेका छन् । परमाणु हतियारको सुरक्षाका लागि जिम्मेवार राष्ट्रिय परमाणु सुरक्षा प्रशासन अर्थात् एनएनएसएको प्रणालीमा साइबर आक्रमणबाट कुनै असर नपरेको उनको जिकिर छ ।

हालैमात्र अमेरिकाको टेक्सासस्थित एक सूचना प्रविधि कम्पनी सोलरविन्डको नेटवर्क म्यानेजमेन्ट सफ्टवेयर प्रयोग गरी ह्याकरहरुले कम्प्युटर नेटवर्क ह्याक गर्न सफल भए । ह्याकरहरुले सोलर विन्ड कम्पनीका १० हजार उपभोक्तालाई भाइरसयुक्त सफ्टवेयर पठाएर अपडेट डाउनलोड गर्न लगाए । त्यस्तो सफ्टवेयर डाउनलोड गर्ने प्रयोगकर्ताहरु ह्याकरको पञ्जामा परेका छन् । माइक्रोसफ्टले समेत आफ्ना ४० जना प्रयोगकर्तामाथि साइबर आक्रमण भएको बताएको छ । त्यसमा सरकारी एजेन्सी, थिंक ट्यांक, गैरसरकारी संस्था, प्रविधि कम्पनी लगायतका छन् । त्यसमध्ये ८० प्रतिशत उपभोक्ताहरु अमेरिकी छन् भने अन्यमा क्यानडा, मेक्सिको, स्पेन, बेलायत, इजरायल र बेल्जियमका रहेका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस