काठमाडौँ। संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध २०७७ पुष ५ गते अपरान्ह ३ः३० बजे नै अविश्वासको प्रस्ताव दर्ता भएको पुष्टि गरेको छ । यसअघि सभामुखको सचिवालयले अविश्वासको प्रस्ताव बिहान साढे १० बजे दर्ता भएको जनाएको थियो ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ति जारी गर्दै सभामुखलाई सम्बोधन गर्दै विधिवत् पेश भई सभामुखको तोक आदेशपछि सोही दिन अपरान्ह ३ बजेर ३० मिनेटमा कार्यव्यवस्था शाखा प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको स्पष्ट पारेका छन् ।
केही सञ्चारमाध्यमहरुमार्फत भ्रम फैलिएपछि सचिवालयले विज्ञप्ति जारी गर्दै यसबारे प्रष्ट पारेको हो।