काठमाडौँ। काठमाडौँको चाबहिल गोपीकृष्णहल नजिकै धोबी खोलाको पुलबाट मोटरसाइकल खोलामा खस्दा एकजनाको मृत्यु भएको छ ।
बा२६प ४०२१ नम्बरको मोटरसाइकल चालक सिन्धुलीको दुधौली–५ घर भई कपनमा बस्दै आएका २७ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुडिरहेको मोटरसाइकल शनिबार राति सवा नौ बजे पुलबाट धोबीखोलामा खसेर गम्भीर घाइते भएका श्रेष्ठको नेपाल–भारत अस्पताल चाबहिलमा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको हो।