काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य ७०० रुपैयाल वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ७०० रुपैयाल बढेर तोलाको ९४ हजार ९०० रुपैयाँ कायम भएको हो।
यस्तै तेजावी सुनको मूल्य तोलामा ९४ हजार ४०० पुगेको छ । यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १३१५ रुपैयाँमा कारोबार भएको हो ।