काठमाडौंँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ८०० रुपैयाले घटेको छ ।
सोमबार प्रतितोला रु ७०० ले उकालो लागेर प्रतितोला रु ९४ हजार ९०० मा कारेबार भएको र छापावाल सुनको मुल्य आज ८०० रुपैयाले घटर प्रतितोला रु ९४ हजार १०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार तेजाबी सुन सोमबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज प्रतितोला रु ९३ हजार ६०० मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ८०० ले घटेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० मूल्य निर्धारण भएको छ ।