१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युनिभर्सल पिस केन्द्र निर्माणमा घिसिङको ऐक्यबद्धता

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बुद्ध जन्मस्थल लुम्बिनीमा ‘महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस’ केन्द्र निर्माण अभियानमा ऐक्यबद्धता जनाएका छन् । नेपालमा एक रुपैयाँ र अन्यत्र एक अमेरिकी डलर दान अभियान चलाएर केन्द्रका संरचना निर्माण गर्न शुरु गरिएको छ ।

लुम्बिनीमा आज भएको कार्यक्रममा निवर्तमान कार्यकारी निर्देशक घिसिङले केन्द्रको परिकल्पनाकार श्यालपा तेन्जिङ रिन्पोचेलाई एक रुपैयाँ दान दिएर अभियानमा ऐक्यबद्धता जनाएका हुन् । उनले केन्द्रको स्थापना विश्व शान्तिका लागि महत्वपूर्ण भएकाले निर्माणमा अपनत्व लिएर आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा परिकल्पनाकार रिन्पोचेले सबैको सहभागिता र अपनत्व हुने गरी अभियानमार्फत केन्द्रको स्थापना गरेर लुम्बिनीलाई विश्व शान्तिको मुहान बनाउन लागिएको बताए । अभियान गत कात्तिकमा शुरु गरिएको थियो ।

युनिभर्सल पिस केन्द्रमा दुई हजार बढी क्षमताको अन्तर्राष्ट्रियस्तरको सभाकक्ष, शान्ति वार्ता र ध्यान कक्ष, पुस्तकालय तथा सङ्ग्रहालय हुनेछन् । विभिन्न मुलुकका शोधकर्ता रहने खोज अनुसन्धान केन्द्र रहने छ । जसले प्राचीन र आधुनिक भाषामा लेखिएका बौद्ध धर्मसम्बन्धी पुस्तकको सङ्कलन, चर्चा, व्याख्या गर्नेछन् ।

जर्मन आर्किटेक्टले डिजाइन गरेको कमलको फूल आकारमा बनाउन लागिएको केन्द्र तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य लिइएको छ । केन्द्रको मुख्य आकर्षण सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मदै गरेका भगवान् बुद्धको एउटा विशाल, सुन्दर मूर्ति राखिने गरी डिजाइन गरिएको छ । अत्याधुनिक प्रविधि र सामग्री प्रयोग गरी निर्माण गरिने यस केन्द्रको आयू ५०० वर्षको हुनेछ भने आठ रेक्टर स्केलसम्मको भूकम्पले यसलाई कुनै क्षति गर्न नसक्ने गरी डिजाइन गरिएको बताइएको छ ।

महायानी सम्प्रदायलाई छुट्याइएको पश्चिम क्षेत्रको १२० मिटर वर्गाकार प्लटमा दक्षिण कोरियाली विहार नजिक केन्द्र निर्माण भइरहेको छ । विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बीलगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकले समेत साधना गर्नेस्थलका रुपमा दुईवर्ष अघिबाट गुम्बाको निर्माण शुरु गरिएको हो । लुम्बिनीमा निर्माण गरिएको कोरियन गुम्बाको पछाडि सो केन्द्र निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस