१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार आउँदै गरेको विज्ञापनमा मैले फर्म भोरौँ की नभोरौँ ?

अ+ अ-

म एक खरदार स्तरको कर्मचारी । विकट हिमाली जिल्ला बाजुरामा जन्मिएको एक साधारण गरिब किसानको छोरो । विगत १० वर्षदेखि मेरो दुवै खुट्टाले काम गर्न छाड्यो । एक दिन गाइ भैँसीलाई घाँस खोज्न एउटा रुखमा चढेँ । रुख अग्लो थियो । त्यहीँ अग्लो रुखबाट चिप्लिएर लडेछु र खोलामा बजारिन पुगेछु । करिब १५ घण्टा पछि होस आयो । म जिल्ला अस्पताल बाजुरामा थिएँ । बाजुरामा उपचार गर्दा सम्भव नभएर हेलिकप्टरबाट काठमाडौँको वी एण्ड वी अस्पतालमा आएछुँ । अस्पतालले दुवै खुट्टा काम नलाग्ने र नकाटेपछि घाउ बढेर क्यान्सर हुने डर देखाउँदै खुट्टा काट्न आदेश दियो ।

सबै परिवार र साथीको आग्रहमै र आफ्नै भलाइका लागि खुट्टा काट्ने सहमति भो । लगभग ९ महिनाको बसाइमा लाखौँ खर्च हुने भयो । बुबाआमा पैसा तिर्न सक्ने क्षमतामा हुनुहुन्थेन । अस्पतालको पैसा तिर्न नसकेकै कारण बुबालाई हर्टअट्याक भएर परलोक हुनु भो । पछि मेरो यस्तो स्थिति देखेर कसले टिभीमा बताइदिएछन् र सहयोगीको ओइरो लाग्यो र जेनतेन अस्पतालको खर्च तिरेर ह्विलचियरमय जिन्दगीलाई घिसादैँ म आफ्नै गाउँ फर्किएँ ।

सानै देखि पढाइमा अब्बल हुनाले गाउँले साथीहरू लोक सेवा तिर तयारी गर्न उक्साउन लागे । त्यसपछि मै तत्कालीन गाविसमा परिचय पत्र पाउँ बारेको निवेदन दिए । जिल्लाबाट अपाङ्गता परिचयपत्र बनाएँ । परिचय पत्र लगायत केही किताबहरू र केही लुगाफाटो बोकेर आमाका आँसु, भाइबहिनीका दर्दनाक अवस्थालाई उकास्न गाउँका ३ जना साथीको सहयोगमा फेरी काठमाडौँ भित्रिएँ ।

खरिदार तयारीका लागि बाटोमा बसेर भिख मागेँ । केही पेसा भएपछि किताबहरू किन्दै पढाइलाई खोजमूलक बनाउँदै अगाडी बढेँ । परीक्षा दिएँ । ३ नम्बरमा अपाङ्गताबाटै नाम निस्कियो, जिल्ला विकास समितिको कार्यालय सिन्धुपाल्चोक र यहीँ कार्यालय हुँदै आज पनि म स्थानीय तहमै समायोजन भई सिन्धुपाल्चोक जिल्लाको स्थानीय तहमै काम गरिराखेको छु । यहाँ जनप्रतिनिधिको साह्रै हेपाहा प्रवृत्ति छ । काम गर्न सकिँदैन । घाउ बल्झिरहन्छ । उता परिवारको स्थिति दयनीय छ । यता सपाङ्ग कर्मचारीहरू आफूलाई पायक पर्ने कार्यालय, मन्त्रालय, विभाग तिर हानिए, मेरो सङ्घमा त के यो जिल्ला पनि छाड्न सकिएन ।

अब एक खु्टकीलो चढौँ, शाखा अधिकृत बनौँ भनेको हातमा कान्छी औँलाको नङ काटिएको, ३ घण्टमा एकचोटी खुट्टा बाङे टेक्ने, दिनभरिमा २ चोटि टाउको हल्लाउने, राती १० बजेपछि एउटा आँखाले हल्का नदेख्ने, यस्ता अपाङ्ग कर्मचारीको नाममा सपाङ्ग कर्मचारीले परिचयपत्र बनाई जागिर खाएर मन्त्रालय, विभागमा गफ चुटेर बसेको देख्दा मन भरिएर आँखाबाट आँसु आइरहन्छ । आत्महत्या गरेर जिन्दगीबाट अर्को संसारमा जाऊँ की जस्तो भान भइराखेको छ ।

त्यसैले म जस्ता हजारौँ दुःख, पीडा र दर्दनाक अवस्थामा परेका यस्ता अपाङ्ग कर्मचारीहरूले अबको लोक सेवामा फर्म भोरौँ की नभोरौँ सरकार ! सधैँ यस्ता पीडामा रुमलिएका कर्मचारीलाई सपाङ्ग कर्मचारीको एउटै डालोमा राखी जहाँ मन लाग्यो त्यहीँ कहिलेसम्म फाल्ने ?सक्कली अपाङ्ग कति कर्मचारी छन्, किन छानबिन हुँदैन ? कुन स्थितिमा काम गरिरहेका छन् ?

अबको नयाँ विज्ञापनमा शाखा अधिकृत नायब सुब्बामा म जस्ता सक्कली अपाङ्गता भएका व्यक्तिले फर्म भोरौँ की अझै पनि कान्छी औँलाको नङ काटेका कर्मचारीलाई अपाङताको नामबाट जागिर खुवाउने ? कि अझै पनि सपाङ्ग मानिसले अपाङ्ग बनेर जागिर खाएको रमिता हेर्ने । अपाङ्ग कर्मचारीलाई छानबिन गरी उसले गर्न सक्ने काममा खटाउन जरुरी छ । सुविधामा अरूको भन्दा ५० प्रतिशत बढी हुनै पर्छ । नत्र म जस्ता हजारौँ दुःख पीडाबाट ग्रसित भएका कर्मचारीहरू एकजुट भई सिंहदरबार घेराउ गर्न जाने दिन नआओस् ।

प्रतिक्रिया दिनुहोस