६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अविश्वासको प्रस्ताव दर्ता भएपनि सामना गर्न तयार छु : मुख्यमन्त्री गुरुङ

अ+ अ-

गोरखा । प्रतिनिधिसभा विघटन पश्चात प्रदेश र स्थानिय तहमा यसको प्रत्यक्ष असर परेको अवस्थामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए सामना गर्न तयार रहेको बताएका छन् ।

शनिबार गोरखा सदरमुकाममा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका गुरुङले गण्डकी प्रदेशमा जतिसुकै बेला अविश्वासको प्रस्ताव दर्ता हुने सक्ने र त्यसको लागि आफू सामना गर्न तयार रहेको बताएका हुन्

उनले भने, ‘उहाँहरूले अविश्वासको प्रस्ताव जतिसुकै बेला दर्ता गर्न सक्नुहुन्छ, त्यसको लागि म तयार छु’, ‘केन्द्रमा र अरु प्रदेशमा झगडा हुदैमा गण्डकी प्रदेशमा पनि झगडा गर्नैपर्छ भन्ने छैन। मिलेर जानुपर्छ। अरु प्रदेशका लागि पनि नमूना प्रदर्शन गर्नुपर्छ भन्ने मेरो तर्क छ’, मुख्यमन्त्री गुरुङले थपे।

साथै उनले नेकपाको वैधानिक अध्यक्ष र संसदीय दलका नेता पनि केपी शर्मा ओली नै भएको दाबी गरेका छन्। गुरुङले झ्यालबाट आउने जाने गर्नेहरु पार्टी अध्यक्ष पनि हुन नसक्ने, संसदीय दलका नेता पनि हुन नसक्ने दाबी गरे। साथै उनले टाउको गनेर बहुमत र अल्पमतको कुरामा नअल्झन नेता कार्यकर्तालाई आग्रह गरे।

विधान अनुसार चलेको पार्टीलाई अल्पमत र बहुमतको आधारमा चलाउन नहुने उनको तर्क छ। ‘विकास र सम्वृद्धिको नारा लिएर अघि बढ्दा केपी शर्मा ओलीको उचाइ बढेको देखेर जलेका माधव नेपाल र प्रचण्डजीहरुले कहिल्यै पनि प्रधानमन्त्री हुन नपाउने डरले जालझेल र षड्यन्त्र गरी हटाउन खोजेका हुन्’ उनले भने। शनिवार ओली पक्षित कार्यकर्ता भेलालाई संवोधन गर्न मुख्यमन्त्री गुरुङ गोरखा आएका हुन्।

प्रतिक्रिया दिनुहोस